४ मंसिर २०८१ मंगलबार
image/svg+xml

चितवनमा फस्टाउँदै केराखेती, वार्षिक अर्बाैँकाे व्यापार

गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ ।

तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै महिला

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका महिलाहरु तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन्। उनीहरुले विभिन्न समूह समिति बनाएरै तरकारी खेतीमा लागेका हुन्।

तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे

परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

खेतीयोग्य जमिनलाई धमाधम प्लटिङ

ललितपुरको हरिसिद्धिस्थित खेतीयोग्य जग्गालाई धमाधम प्लटिङ गर्न थालिएको छ। जग्गाको भाउ महँगिँदै गएको र खेतमा हुने उत्पादनभन्दा जग्गा कारोबारमै फाइदा हुने भएपछि स्थानीयले खेतीयोग्य जग्गालाई प्लटिङ गर्न थालेका हुन्।

१५ जिल्लामा ३४ हजार हेक्टरमा प्रांगारिक खेती

१५ जिल्लामा भएको सर्वेक्षणले ३४ हजार हेक्टर क्षेत्रफलमा प्रांगारिक खेती भएको देखाएको छ। नेपाल पर्माकल्चर समूह (एनपिजी)ले पाँच विकास क्षेत्रका हिमाली पहाडी र तराईका एक–एक जिल्ला समेटेर अध्ययन गरेको थियो। कृषि मन्त्रालयको तथ्यांक शाखाका लागि एनपिजीले सर्वेक्षण गरेको हो।

मासिँदै खेतीयोग्य जमिन

काठमाडौंको उपभोक्तालाई ताजा तरकारी उपलब्ध गराउँदै आएको धादिङको उर्वरजमिन अहिले इँट्टा उद्योगले भरिएको छ। काउली, बन्दा, खुर्सानी, काँक्रो लगायततरकारीले ढाकिने धादिङका उर्वर फाँटमा इँट्टासुकाइएका छन्।

उखुखेती बढ्दै

समनपुरका कामेश्वर सहनीले पाँच बिघा जमिनमा उखु रोपेर सिध्याएका छन्। गत वर्ष सहनीले दुई बिघामा मात्र उखु लगाएका थिए। उखुको मूल्य समयमै पाउँदा दंग परेका सहनीले यस वर्ष उखुखेती थपेका हुन्। रौतहटको उखु किन्न विभिन्न जिल्लाका चिनी उद्योगबीच पछिल्लो समय प्रतिस्पर्धा बढेको छ।

विदेशी रोजगार छाडेर तरकारीखेती

दुबई, मलेसिया लगायत देशमा रोजगारीका लागि गइरहने जयपृथ्वी नगरपालिका–७ का गजेन्द्र ओली अहिले गाउँमै तरकारीखेती गर्न थालेका छन्। छोरीले घरमा आउन र सँगै बस्न कर गरेपछि ३५ वर्षीया ओली गाउँ फर्केर तरकारीखेतीमा लागे।

मकै खेतीमा किसानको आकर्षण

नुदान पाइने भएपछि मोरङका किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको दक्षिणी भारतस“ग सीमा जोडिएका गाविसमा केही बर्ष यता मकै खेती गर्ने किसान बढेका छन्।

तरकारीखेतीकाे कमाइबाट दुई छोरा इन्जिनियर

मेहनतको फल मीठो हुन्छ भन्ने उदाहरण बनेका छन्, भक्तपुरका हरिकृष्ण सुकुपायो । ४४ वर्षीय हरिकृष्णले खेतीकिसानी गरेरै दुई जुम्ल्याहा छोरालाई इन्जिनियर बनाउन सफल भएका छन् । खेतमा काउली, बन्दाकोपी लगायत तरकारी बाली लगाएर त्यसैको आम्दानीबाट जुम्ल्याहा छोरालाई सिभिल इन्जिनियर पढाउन उनी सफल भएका छन् ।

गाँजाको अबैध खेती नष्ट गर्दै प्रहरी

दक्षिणी धादिङको किरान्चोक गाविसका महाभारत क्षेत्रमा अवैध रुपमा खेती हुँदै आएको प्रतिवन्धित लागु औषध गाँजा प्रहरीले नष्ट गरेको छ। अवैध रुपमा खेत बारीमा र घर छेउछाउ खाली जमिनमा लगाइएको गाँजा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले नष्ट गरेको हो।

सबैले आ-आफ्नो खेती गरिरहेका छन्

गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष डा. रामवरण यादवले त्यो संस्थालाई आकार दिने अवसर पाए।  अवसरलाई उनले राम्ररी पूरा मात्र गरेनन् नयाँ परिस्थितिमा राष्ट्रिय एकताको प्रतीक बन्न सक्ने ठाउँमा त्यो संस्थालाई पुर्‍याए पनि। चार वर्षका लागि निर्वाचित उनलाई नियतिले दोब्बर समयसम्म राष्ट्रसेवामा लाग्ने अवसर दियो। आफ्नो कार्यकालमा उनी ठूला विवादमा आएनन् साथै त्यो संस्थाको तर्फबाट नेताहरूलाई मार्गदर्शन गर्न पनि उनले छाडेनन्।

पुष्पखेतीमा आकर्षण बढ्यो

'फूल बेचेर वार्षिक २५ लाख रुपैयाँको व्यापार गर्छु,' काठमाडौंका कुमार कार्की भन्छन्, 'फूलको माग बढ्दै गएकाले पुष्प नर्सरीलाई बढाउँदै आएको छु।' कार्की पहिलेको तुलनामा घरघरमा फूलका गमला राख्ने प्रचलन बढेको बताउँछन्। 'अहिले मागअनुसार फूल उपलब्ध गराउन सकेका छैनौँ,' उनले भने।

झूठा समाचारको खेती

सन् १९२० मा उद्योगपति हेनरी फोर्डको स्वामित्वमा रहेको पत्रिका द डियरबर्न इन्डिपेन्डेन्ट पत्रिकाले शृंखलाबद्ध समाचार छाप्यो। समाचारमा यहुदी षडयन्त्रका कुरा थिए र त्यसको आधार चाहिँ जारवादी रुसको बनाइएको झूठा डकुमेन्ट ‘प्रोटोकल्स अफ द लर्न्ड एल्डर्स अफ जियोन’ बन्न पुग्यो। अन्य दर्जन पत्रिकाले यही झूठा डकुमेन्टलाई आधार बनाएर समाचार छापे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्