४ मंसिर २०८१ मंगलबार
image/svg+xml

रूकुममा उखु खेती

जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा उखु खेती गरिएको छ। मुसीकोट नगरपालिका वडा नं. ५ ट्यावाखोलाका दलवहादुर बोहराले व्यवसायिक रुपमा उखु खेती गरेका हुन्।

हावाको खेती, पानीको ओखति

प्रकृतिले मानिसलाई हावा, पानी र माटो सित्तैमा दिएको छ । यिनको प्राप्तिको अवस्था र गुण भने स्थानअनुसार फरक पर्न सक्छ। नेपालमा पनि यी तीनै कुरा उपलब्ध छन् । नेपालको माटो पनि ऊर्वर छ । यस माटोमा सम्पत्ति र ज्ञान दुवै सिर्जना हुन सक्छ।

महिला रोजाइमा गोलभेँडा खेती

सात दोबाटोबाट आधा घन्टा दक्षिण गएपछि आउँछ धापाखेल बसपार्क । बसपार्कबाट माथि डाँडामा सेता प्लास्टिकका टनेल छन् । टनेलभित्र रहरलाग्दो गोलभेँडा खेती छ । तिनै टनेलमा परिश्रम गरिरहेका छन्, दुई महिला । उनीहरूको दिन गोलभेँडाको स्याहारसुसारमै बित्छ ।

राजनीतिसँगै तरकारी खेती

समाजमा 'कुराजस्तै काम गर्ने' कमै भेटिन्छन्। तिनै कममध्येमा पर्छन् खोटाङ, दुर्छिम–५ का अगुवा किसान खडेन्द्र राई। राजनीतीमा सक्रिय राई मञ्चमा भाषण मात्र गर्दैनन् खेतीकिसानी पनि गर्छन्।

नेपाली भाषामा भ्रमको खेती

अब अमुकतमुक कुनै व्याकरणकार र भाषाविद्ले यसमा मनोमानी र आफूखुसी प्रयोग गर्ने स्थिति छैन न त कुनै सरकारी निकायको निर्देशन नै उचित  छ। यसैले नयाँ प्रचलनमा ल्याउन खोजिएको नेपाली लेखन पद्धतिको कार्यान्वयनका लागि हाम्रा भाषाविद् र व्याकरणवेत्ताहरूले यथासम्भव नेपाली भाषामा अधिकतम प्रयोगकर्ताहरूलाई समावेश गरेर राष्ट्रियस्तरमै नीति–नियम लागु गर्नेतिर सोच्नुपर्ने देखिन्छ।

मकै बारीमा गाँजाखेती

ललितपुर-ललितपुरको चापाखर्क क्षेत्रमा मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए।

एमालेको भ्रम खेती

अन्ततः एमाले नेतृत्वको सरकार ढलेको छ। देशका लागि यो सरकार बन्नै नहुने र बने पनि यति लामो समय रहन नहुने पक्का थियो। तर पनि माआवादीले ढिला निर्णय गर्दा देशले करिब नौ महिना बन्दीको जस्तो नियति बेहोर्नुपर्‍यो।

संकटमा कपास खेती

जिल्लामा कपास खेती संकटमा पर्दै गएको छ। एक समय भोजपुरको पहिचान बनेको यो खेती अहिले संकटमामा पर्नुलाई राम्रो संकेत मान्न सकिँदैन। आदिवासी जनजातिको मौलिक पहिचानका रुपमा रहेको कपास (कोगटी) बाट कपडा तयार गरिने घरेलु उद्योग यतिखेर लोप भइसकेका छन्।

तरकारी खेती सिकाउँदै बैंक

स्वावलम्बन लघुवित्त विकास बैंक, जिल्ला शाखाले यहाँका किसानलाई तरकारी खेती गर्न सिकाउन थालेको छ। लघुवित्तमार्फत क्रृण प्रवाह गरेर किसानलाई तरकारी खेतीमा आकर्षित गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्