१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे

डडेल्धुरा – परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । 

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् । 

जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आए पनि उत्पादित तरकारीले बजार तथा उचित मूल्य नपाएको राउटेका मुखिया खड्कसिंह राउटेले बताए। आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेपछि यहाँका राउटे गोलभेँडा, काक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेका छन् । 

तरकारीबाट आम्दानी हुन थालेपछि उनीहरु खुसी भएका छन् । तरकारीखेतीबाट मासिक रु १० हजारसम्म आम्दानी हुन थालेको दानसिंह राउटेले बताए । उनले बन्दागोभी, काउली, आलु र अन्य बेमौसमी तरकारी लगाएका छन् । 

जिल्ला कृषि विकास कार्यालयय र विभिन्न गैरसरकारी सङ्घसंस्थाले प्राविधिक सहयोग उपलब्ध गराएपछि राउटे समुदाय आजभोलि तरकारी बिक्री गरेर घरखर्च चलाउन थालेको छ । उनीहरुले रकम समेत बचत गर्न थालेका छन् । आमपानीमा राउटेको ३५ घरपरिवारको बसोबास रहेको छ । रासस 

प्रकाशित: १६ चैत्र २०७३ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App