६ आश्विन २०८१ आइतबार
image/svg+xml

पर्यटकका लागि शुक्लाफाँटा खुला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएका पर्यटकीय गतिविधि निकुञ्जमा खुला गरिएका हुन् ।

बाँके राष्ट्रिय निकुञ्जका पाटेबाघमाथि विशेष निगरानी

‘बाघले राँगोलाई मारेर खाइसकेको छ, हामीले विशेष रुपले निगरानी बढाइरहेका छौं,’ उनले भने, ‘तर सधैं रातको समयमा मात्रै आउने हुनाले बाघलाई एकीन र नियन्त्रण गर्न कठिनाई भइरहेको छ।’

बाँकेको कुसुम क्षेत्रमा पाटेबाघको बथान फेला

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको बथान फेला परेको छ।

मान्छे खाने बाघको जोडी पुरानै ठाउँमा फर्कियो

नीयका अनुसार पाटेबाघको जोडी आइतबार बेलुकी आफ्नो पुरानै ठाउँतिर लागेको हो। पाटेबाघले दिशा बदलेपछि विगत एक हप्तादेखि त्रासमा रहेका गाभरबासी हर्षित भएका छन्।

निकुञ्जभित्र यतिलाई बिजुली उत्पादन अनुमति : मुद्दा बृहत् पूर्ण इजलासले टुंग्याउने

‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तुहरू मुलुकको दुर्लभ सम्पत्ति र धरोहर हुन्। यसलाई संरक्षण गर्नु सबैको कर्तव्य, दायित्व हो।

पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ।

४३ वर्षमा साढे तीन लाख पर्यटक

निकुञ्जमा सबैभन्दा कम आर्थिक वर्ष २०३५/३६ मा ८ सय ८३र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ६ सय ९१ पर्यटक आएका छन्। दुई वर्षयता कोभिड–१९ का कारण पर्यटकको आगमन घटेको छ।

बाँके निकुञ्जभित्र पूर्वाधार तयार, पर्यटकको प्रतीक्षा

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने संरचना तयार गरेको छ। निकुञ्जका विभिन्न स्थानमा सफारीका लागि वनपथ, मचान, ताल तथा पोखरी निर्माण गरिएको हो। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते सरकारले बाँचे निकुञ्ज स्थापना गरेको थियो।

बर्दिया निकुञ्जमा पाटेबाघको अनुगमन

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन्। अहिले बाघको सङ्ख्या बढेर १०० को हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ।

पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम

लाङटाङ राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७७/७८ मा पर्यटकको आगमन निकै कम भएको छ।

बाँके राष्ट्रिय निकुञ्ज: अकालमा मृत्युवरण गर्दै वन्यजन्तु

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ।

यतीका लागि कार्यनीतिमै संशोधनः अदालतलाई अमान्य

ओली सरकारले यती समूहलाई फाइदा पुग्नेगरी सरकारले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति २०६५ लाई संशोधन गरेको थियो। यसलाई कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ।

गैँडा बढेको खुसियालीमा दीपप्रज्वलन

पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिङ्गे गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा उत्साहितसँगै लगानी सुरक्षित भएको बताए।

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्