coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

असोज एक गतेदेखि बर्दिया निकुञ्ज खुल्ने

फाइल फोटो

सरकारले निषेधाज्ञा जारी गरेसँग चैत दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज असोज एक गतेबाट खुल्ने भएको छ। तत्कालका लागि हात्ती सफारी खुला नगरे पनि जंगल वाक र जिप सफारी खुल्ने भएको हो। स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेश दिने निकुञ्ज प्रशासनले निर्णय गरेको छ।

निकुञ्जका प्रवक्ता अशिम थापाले जंगल ड्राइभ, नदीमा र्याफ्टिङ र जंगल वाक गर्न ख्ुला गरिएको बताए। ‘सरकारले निषेधाज्ञासँगै बन्द भएको निकुञ्ज खुला गरिएको छ’ उनले भने। तर निकुञ्ज प्रवेशमा स्वास्थ्य पालना गर्न पर्ने नियम अनिवार्य गरिएको छ।

कोरोना कहरको पहिलो लहरका बेला लगाइएका शर्त पनि निकुञ्ज प्रवेश गर्नेले पालना गर्नुपर्ने छ। पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशतमात्रै पर्यटक बस्नु पर्ने, पैदल अवलोकन गर्दा एकजना गाइड र तीन जनामात्र जानुपर्ने नियम उल्लघंन गर्न नदिने भएको छ। संरक्षण अधिकृत थापाका अनुसार निकुञ्ज खोल्ने पूर्वतयारीका लागि सडक मर्मत र झाडी सफाइ सुरु गर्न कर्मचारी परिचालित गरिएको छ।

प्रकाशित: २९ भाद्र २०७८ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App