९ मंसिर २०८१ आइतबार
image/svg+xml

शंकास्पद गतिविधिमा संलग्न २९ जना पक्राउ

पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले दिएको जानकारीअनुसार पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयको सवारी दर्ता र नवीकरण शाखाबाट १९ र ड्यामसाइटस्थित कार्यालयको लाइसेन्स शाखाबाट १० जनालाई पक्राउ गरिएको हो।

रौतहटमा युवतीको शंकास्पद मृत्यु

रौतहटमा एक युवतीको शंकास्पद मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका ७ प्रेमपुर गोनाही टोलकी एक दलित युवतीको शंकास्पद मृत्यु भएकोले आधा जलेको लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाममा एक मजदुरको ‘शंकास्पद’ मृत्यु

जिल्लाको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित स्यालढुंगानजिक एकजनाको ‘शंकास्पद’ मृत्यु भएको छ । इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका–३, पुवामझुवाका ५५ वर्षे विमल रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बेसीसहरमा अस्पताल नजिकै शंकास्पद वस्तु फेला

प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा बेसीसहरमा शंकास्पद वस्तु फेला परेको छ। सदरमुकाम बेसीसरहस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनमा विद्युतीय तार जोडेको र भित्र चिया पकाउने किट्ली राखेको अवस्थामा उक्त वस्तु भेटिएको हो।

पाल्पामा चार जनाको शंकास्पद मृत्यु, एक जनामा स्वाइन फ्लू भेटियो

जिल्लामा स्वाइन फ्लूका शंकास्पद चार जनाको मृत्यु भएको छ। उपचारका लागि काठमाडौं रेफर गरिएकामध्ये एक जनाको स्वाइन फ्लूकै कारण मृत्यु भएको प्रमाणित भएको हो। मृत्यु भएका अन्य तीनको टेष्टको रिपोर्ट आएको छैन। स्वाइन फ्लूको शंस्कास्पद अन्यको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ।

पश्चिमाहरूका शंकास्पद गतिविधि

तराईका पत्रकार, वकिल, युवालाई भड्काउने, नेपालस्थित कूटनीतिक नियोगहरूमा बोलाएर स्यावासी दिने, पृथकतावादीलाई उचाल्ने पहल, प्रयास र सहयोगका लागि पश्चिमा मुलुकलाई लाज लाग्नैपर्छ।

शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह

नेपाल टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ। टेलिकम नेटवर्कको जिएसएम मोबाइलमा विभिन्न मुलुकको कोड नम्बरबाट शंकास्पद कल आएपछि ग्राहक शशंकित भइरहेका छन्।

शंकास्पद वस्तु बालुवा भरिएको कुकर भएको पुष्टि

एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आउने राजविराज–रुपनी सडकमा कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। कुकुर राखिएको स्थान एमालेको आम सभास्थलभन्दा करिब अढाई किलोमिटर उत्तर हो।

महिलाको शंकास्पद मृत्यु, हत्या भएको माइती पक्षको आरोप

रौतहटमा एकजना महिलाको शंकास्पद मृत्यु भएको छ। रौतहटको फतुहा महेशपुर गाविस १ का सन्तोष कुमार साहकी २१ बर्षिया श्रीमती लालमुनी कुमारीको शनिवार विहान शंकास्पदरुपमा मृत्यु भएको भन्दै माइती पक्षले हत्या भएको आरोप लगाएका छन्।

महिला अधिकारकर्मीको शंकास्पद मृत्यु

लम्की चुहा नगरपालिकाकी अधिकारकर्मी सरस्वती बसुटेल, ४२ को रहस्यमय ढंगले मृत्यु भएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अघिल्लो दिन मंसिर २४ गते उनको मृत्यु भएको हो।

बम जस्तो देखिने शंकास्पद वस्तु निस्क्रिय

उपत्यकाका ९ विद्यालयमा बिस्फोटक पदार्थ राखेको र बिस्फोटन गराउने पक्राउ गरेको भोलिपल्ट बुधबार सुनसरीको बक्लौरीमा सर्वसाधारणलाई तर्साउने उद्देश्यले राखेको शंकास्पद वस्तुलाई निस्क्रिय गरिएको छ।

‘भारतीय ध्येय शंकास्पद’

भारतले दिएको इस्लामिक अतिवादी समूहले कोसी ब्यारेज (सप्तकोसी पुल) मा आक्रमण गर्ने योजना बुन्दै गरेको भन्ने सूचनालाई सोझो अर्थमा मात्र बुझ्न नहुने परराष्ट्र मामिला जानकारहरूले बताएका छन् । सूचना अत्यन्त गम्भीर र विचारणीय भएको जनाउँदै उनीहरूले उक्त सूचना र आउने प्रक्रिया अनुसन्धानको विषय भएको जनाए ।

शंकास्पद व्यक्तिको घरमा बम भेटियोःप्रहरी

डल्लास हमलामा संलग्न भनिएका व्यक्तिको घरमा बम बनाउन प्रयोग गरिने सामाग्री, राइफल तथा अन्य हातहतियार भेटिएको प्रहरी अधिकारहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्