३ असार २०८१ सोमबार
image/svg+xml
समाज

शंकास्पद वस्तु बालुवा भरिएको कुकर भएको पुष्टि

शंकास्पद बस्तु राखिएको स्थानमा परिचालित सेना र इन्सेर्टमा कल्भर्ट मुनि देखिएको शंकास्पद बस्तु। तस्विरः जितेन्द्र झा

राजविराज—एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आउने राजविराज–रुपनी सडकमा कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु  फेला परेको छ। कुकुर राखिएको स्थान एमालेको आम सभास्थलभन्दा करिब अढाई किलोमिटर उत्तर हो।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। बम निस्क्रिय पार्न सेनाको टोली सो स्थानमा पुगेको छ।

एमालेको मेची—महाकाली अभियान बिथोल्न मधेसी मोर्चा प्रयास गर्दै आइरहेको सन्दर्भमा शंकास्पद वस्तु फेला परेको हो।

मेची—महाकाली अभियान अन्तर्गत एमाले नेताहरु सोमबार दिउँसो सप्तरीको औद्योगिक क्षेत्रमा हुने आमसभामा सहभागी हुन सप्तरी आउँदैछन्। सप्तरी प्रहरीका प्रवक्ता डिएसपी दानबहादुर कार्कीले कलभर्ट तल रातो कपडाले बेरिएको अवस्था शंकास्पद बस्तु फेला परेको बताए।

नेता आउने बाटोमा कुकर बम भेटिएपछि सुरक्षाकर्मीले सो बाटोमा सवारी साधन अावतजावत बन्द गरिएको छ। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन्। बम निस्क्रिय पार्न सेनाको टोली सो स्थानमा पुगेको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पार्न खोज्दा सो कुकुरभित्र बालुवा भरेको भेटिएको थियो। जनमानसमा अातंक फैलाउन यस्तो गरिएको हुनसक्ने सुरक्षा अंगको विश्लेषण छ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App