२३ वैशाख २०८१ आइतबार
image/svg+xml

रेमिटेन्स घटे पनि तत्काल अर्थतन्त्रलाई चाप नपर्ने

विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स आयमा ६.१ प्रतिशतले कमी आएको छ। अर्थतन्त्रका अन्य परिसूचकको अवस्था भने नराम्रो छैन।

चालु आवमा घट्दो क्रममा रेमिटेन्स

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका सबै मुलुकको अर्थतन्त्र प्रभावित बनेका बेला नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स आय घट्दै गएको छ।

अर्बौं रुपैयाँको हुन्डी कारोबार

सरकारले औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट रेमिटेन्स ल्याउन प्रोत्साहन गरे पनि अझै हुन्डीमार्फत रकम आइरहेको छ। राजस्व अनुसन्धान विभागको अनुसन्धानले हुन्डी कारोबार भइरहेको फेला पारेको हो।

रेमिटेन्सले अर्थतन्त्र धानेको छ

बागलुङको जैमिनी नगरपालिका (साविक पैयुँथन्थाप गाविस वडा नं. ६) मा जन्मिएका दिवाकर पौडेल १७ वर्षदेखि रेमिटेन्स क्षेत्रमा कार्यरत छन् । शिक्षण पेशाबाट करिअर सुरु गरेका पौडेलले सन् २००२ देखि २०१६ सम्म मुलुककै अग्रणि रेमिटेन्स कम्पनी आइएमईमा काम गरेका थिए ।

रेमिटेन्स घट्दो क्रममा

मुलुकको व्यापार घाटा बर्सेनि बढिरहेका बेला रेमिटेन्स आय भने घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको सुरुका तीन महिना (साउन–असोज) मा व्यापार घाटा अघिल्लो वर्षको तुलनामा कम भएपछि त्यअघिका वर्षहरुको भन्दा बढी छ। रेमिटेन्स आय भने उल्टै घटिरहेको छ।

विदेशबाट १५ अर्ब

वर्षको कुल बजेट हाराहारी व्यापार घाटा (१३ खर्ब २६ अर्ब रुपैयाँ) को समस्या भोगिरहेको बेला रेमिटेन्स नै भरथेग गर्ने माध्यम बनेको छ।

रेमिटेन्स बढाउन नयाँ जुक्ति : विदेश जाँदा बैंक खाता अनिवार्य

सरकारले रेमिटेन्सलाई बैंकिङ प्रणालीमार्फत ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ। अहिले मुलुकमा कुल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ। हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैंकिङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्न लागेको हो।

पछिल्ला वर्षमा ५ प्रतिशतको कमी

केही वर्षअघिसम्म जिडिपीको ३० प्रतिशत हाराहारी पुगेको रेमिटेन्स आय अहिले झरेर २५ प्रतिशतमा आएको छ।

लाखभन्दा बढीको रेमिटेन्स भुक्तानी बैंक खाताबाट

नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिटेन्स पठाउँदा १ लाख रुपैयाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ।

दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स

विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको छ।

इण्डो–नेपाल रेमिटेन्स सेवा सुरू

आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरू गरेका छन् । यस सेवामार्फत भारतमा रहेका नेपालीहरूले वाइजम्यानका दुर्इ सय शाखा सहित १४ हजारभन्दा बढी एजेन्टमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

बैंकमार्फत रेमिटेन्स नपठाए विदेश जान नपाउने

रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्तिहरूले त्यहाँको कमाइ बैंकमार्फत नपठाए पुनः रोजगारीका लागि विदेश जान नपाउने भएका छन्। विदेशमा ठूलो संख्याका कामदारले हुन्डीमार्फत रकम घरमा पठाउने गरेको पाइएपछि अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई नयाँ प्रावधानबारे जानकारी गराएको हो।

मलेसियाबाट मासिक २० करोड रेमिटेन्स बढ्दै

मलेसियन सरकारले कामदारलाई लगाउँदै आएको लेवी हटाएपछि मासिक करिब २० करोड रुपैयाँ बढी रेमिटेन्स नेपाल भित्रिने भएको छ। त्यहाँका गृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीले मलेसियाली समाचार संस्थालाई बर्नामालाई दिएको जानकारी अनुसार अब मलेसियामा कार्यरत आप्रवासी कामदारले लेवी तिर्नुपर्ने छैन।

एकै दिन भित्रियो दुई अर्ब रेमिटेन्स

विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक २ अर्ब रुपैयाँ हाराहारी स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा एक खर्ब १४ अर्ब ७४ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्