लाखे नाच जोगाउँदै नेवार समुदाय
नेपालको मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायले सक्रियता देखाउन थालेका छ। युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो। जात्रा र विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच खर्चिलो भएको बताउँदै प्रदर्शन हुन छाडेको थियो। लाखे नाच्न जान्ने र युवा पुस्ताले यसलाई महत्व नदिँदा हराउँदै गएको स्थानीयहरू बताउँछन्। हराउँदै गएको लाखे नाचको संरक्षणमा कुश्मा नगरपालिका–५ मा रहेको नेवाः सांस्कृतिक समूह जुटेको छ।