भाषणमै सीमित छुवाछूतमुक्त राष्ट्र
लामो समयदेखि जातीय उत्पीडनमा परेका दलित समुदायको मुक्तिका लागि भन्दै नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष पुगिसकेको छ।
लामो समयदेखि जातीय उत्पीडनमा परेका दलित समुदायको मुक्तिका लागि भन्दै नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष पुगिसकेको छ।
कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन्।
यसैगरी पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा ‘पास्तो’ बोलिने भएकाले त्यहाँ पनि अन्य भाषाका तुलनामा पास्तोले नै प्राथमिकता पाउनेवाला थियो। बलुचिस्तानमा ‘बलुची’ भाषा नै। त्यसैले अलीको माग थियो, सबै भाषाको प्रवद्र्धन होस् र संरक्षण पनि होस्।
दलित समुदायलाई छुवाछूत तथा सामाजिक बहिष्कार गर्ने कुप्रथा अहिलेदेखि होइन, झन्डै ३ हजार वर्षदेखि चल्दै आएको हो। रामायण, महाभारतजस्ता धार्मिक ग्रन्थमा दमाईँ, कामी, सार्की शब्द प्रयोग नभए पनि ‘शूद्र’ का नाममा विभेद गरिएको छ।
मधेशी आयोगद्वारा आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष डा दत्तले मधेसी समुदायको अधिकारका लागि आयोगले काम गर्ने बताए।
मारवाडी समुदाय भन्नेबित्तिकै उद्यमी–व्यापारी बुझिन्छ। यो समुदायको जातीय पहिचान नै व्यापार–व्यवसाय हो।
सोमबार तराई–मधेसमा जुडशीतल र सिरुवा पर्व मनाइएको छ। थारू समुदायमा सिरुवा र मधेसी समुदायमा जुडशीतलको नाम दिइएको यो पर्वको एउटै उद्देश्य हो– गर्मीबाट जोगिने प्रतिरक्षा। ‘जुड’ र ‘शीतल’ दुई शब्द मिलेर ‘जुडशीतल’ बनेको हो। जुडको अर्थ वरदान/आशीर्वाद हो भने शीतलको अर्थ हो– शीतलता।
नयाँ वर्षको शुरुआत भएसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व शुरु भएको छ। नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउन शुरु गरेका छन्।
प्रतिनिधिसभा सदस्य अमनलाल मोदी थारुले आदिबासी जनजाति थारु समुदाय पछि पर्नुको मुख्य कारण राजनीतिक दलहरुले उनीहरुलाई देशको मुख्य जिम्मेबारी दिन नचाहेको कारण खुलासा गरेका गरेका छन्। प्रगतिशील थारु समाज उदयपुरद्वारा आयोजित दुईदिने ‘आदिबासी थारु जातिको राजनीतिक अवस्था तथा नेतृत्व विकास’ विषयक प्रशिक्षणमा बोल्दै सांसद मोदीले सो कुरा बताएका हुन्।
नेवार समुदायको धेरै चाडपर्वमध्ये विशेष लामो चाड हो, बिस्का जात्रा (बिस्केट जात्रा)। चैतको अन्तिम साता अर्थात् नयाँ वर्षको चार दिन अगाडिदेखि यो जात्रा मनाइने परम्परा छ। यस वर्ष चैत २७ गतेबाट जात्रा सुरु भएको छ। नेवार समुदायमा विभिन्न जात्रामा थरीथरीका नेवारी परिकार खाएर मनाउने गरिन्छ। जसमध्ये जात्राको खान्कीको महत्व भने विशेष छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले मधेसी समुदायलाई विदेशी नागरिकको रुपमा व्यवहार गरेको आरोप लगाएका छन्। बुधबार सर्लाहीको लालबन्दीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले भने, ‘सत्ताधारी नेकपा सबै मधेशीलाई विदेशी देख्छ। ‘जुन कुरा मधेशी समुदायप्रति उसको व्यवहारले पुष्टि गरिसकेको छ।’
फिरोजलाई उपचारारार्थ जनकपुर लगिएको थियो। उपचार क्रममा सोमबार राति नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
काठमाडौंको उत्तर–पूर्वमा रहेको साँखुस्थित नेवार समुदायमा पाँच गेटको परम्परागत प्रचलन अहिले पनि कायमै छ। ३३ सय वर्षअघि स्थापना गरिएको गेटमा परम्परागत तरिकाले गेटको प्रयोग गर्दै आइरहेका छन्। चावहिलदेखि १७ किलोमिटर दुरीमा रहेको साँखु गेट हेर्नकै लागि आन्तरिक र बाह्य पर्यटक जान रुचाउँछन्। बाक्लो नेवारीबस्ती भएको साँखु ऐतिहासिक, साँस्कृतिक दृष्टिकोणले धेरै अगाडि मानिएको छ। ऐतिहासिक महत्व बोकेको पाच गेटले साँखु सहरलाई झनै चिनाएको स्थानीय बताउँछन्।
घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्व जातिको स्थायी बासका लागि आफ्नो नाममा जमीन नभएको र जमीन नभएकै कारण उनीहरुले स्थायीरूपमा घर लगाउन नसकेकाले पुस्तौँदेखि अहिलेसम्म उनीहरु त्रिपालमुनि घरबास गर्न बाध्य भएका छन्।