४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समस्या समाधान हुने गरी आयोगले काम गर्छ : डा दत्त

लहान - मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले मधेसी समुदायको समस्या समाधान हुने गरी आयोगले काम गर्ने बताएका छन्।

मधेसी आयोगद्वारा आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष डा दत्तले मधेसी समुदायको अधिकारका लागि आयोगले काम गर्ने बताए।

मधेसी समुदायको पहिचान र स्वाभिमान बढाउने गरी काम गर्ने र राज्यका हरेक तहमा उचित सहभागिता पाउने वातावरण बनाउन आयोग लागिपर्ने उनकाे दाबी थियाे।

मधेसीको पहिचान दिलाउनका लागि आयोगले व्यवस्थित रुपमा कामकाज गर्ने उल्लेख गर्दै अध्यक्ष दत्तले मधेसका जिल्लाको विकास निर्माण तथा अन्य विषयमा पनि सरकारलाई उचित राय तथा सुझाव पनि दिने बताए। मधेश आयोग स्थापनासँगै ऐन, कानूनको मस्यौदा तयार गरी प्रदेश आयोगको कार्यालय स्थापनाको तयारी भइरहेको उहाँले जानकारी दिए।

प्रकाशित: १७ वैशाख २०७६ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App