११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विपन्न समुदायलाई लक्ष्य गरी विशषेज्ञ शिविर

विपन्न समुदायलाई लक्षित गरी मार्तडीमा विशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। आर्थिक अभावले रोग पाली बसेका अति विपन्न समुदायलाई लक्षित गरि पाँचदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।

मेयरले बजाए सनाई !

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका शिल्पी समुदाय (दमाई)लाई नौमती बाजा प्रदान गरिएको छ। लोपोन्मुख बनेको नौमती बाजाको संरक्षण गर्दै शिल्पी समुदायको नौमती बाजा बजाउने पेशाको व्यावसायीक विकासका लागि वडा कार्यालयले एक सेट नौमती बाजा प्रदान गरेको हो।

थकाली समुदायमा तोरन्ल रौनक

थकाली समुदायको ऐतिहासिक पर्व तोरन्ल सोमबारबाट सुरु भएको छ। राजधानीमा बस्दै आएका थकाली समुदायका मानिसहरूले राजधानीको बालाजुस्थित थकाली सेवा समिति नेपालको कार्यालयमा भेला भई पाँच दिने पर्व मनाउन सुरु गरेका हुन्।

जीवनमा पहिलोपटक तलब लिए राउटेले

जीवनमा पहिलोपटक जागिर खाएका राउटे समुदायका पाँच जनाले पहिलोपटक तलब बुझेका छन्। सामाजिक सेवा केन्द्र ९सोसेक०द्वारा अघिल्लो महिना सामाजिक कार्यकर्तामा भर्ना गरिएका राउटे समुदायका तीन मुखियासहित पाँच जनाले बुधबार पहिलो महिनाको तलब बुझेका हुन्। जीवनमै पहिलोपटक तलब पाएका राउटे समुदायका अगुवाहरू खुसीले दंग परेका छन्।

वैदेशिक रोजगारीले बदलिँदै माझी समुदाय

खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडाको रभुँवा माझीगाउँका सोमबहादुर माझी हाल काठमाडौंको नयाँ बानेश्वरमा सहरी जीवनशैली अपनाएर बसिरहेका छन्। सोही ठाउँका बिर्खबहादुर माझी पनि हाल भक्तपुरको ठिमीमा घर बनाएर सुख–सयलका साथ जीवनयापन गरिरहेका छन्।

खोला पुज्दै माझीले मनाए कोशी पर्व

खोलालाई भगवानको रूपमा सामूहिक पुजा गर्दै माझी समुदायले मंगलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशी पर्व’ मनाएका छन्। हिन्दु नेपालीहरूको दशैं पर्व झैं पुजासँगै सामूहिक भोज, नाचगान गरेर उनीहरूले भव्य रूपमा यो पर्व मनाएका हुन्।

महायज्ञमा सहभागी हुँदा दलित परिवार हर्षित

वीरगन्जमा आइतबार सुरु भएको अश्वमेध गायत्री महायज्ञमा सहभागी दलित समुदायका सदस्यले अभूतपूर्व अनुभूति गरेका बताएका छन्। ‘धेरै राम्रो अनुभूति हुँदैछ। कुनै अवरोध छैन, भेदभाव छैन।

भोजमा हाकुपटासी

भोजभतेर तथा पार्टीमा जाँदा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने आमबुझाइ छ। तर, भक्तपुरका नेवारी समुदायका महिला भने यस मामलामा फरक छन्।

विकासले छोएन माझी समुदायलाई

खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे रसुवाघाटका हर्कबहादुर माझीको जग्गाको तेर्सोबाट गाईघाट–दिक्तेल सडक बनेको छ। नेपाल सरकार र स्विजरल्यान्ड सरकारको संयुक्त लगानीमा २०६७ सालदेखि निर्माण सुरु गरिएको सो सडक हाल कालोपत्रेको चरणमा छ।

शेर्पा समुदाय ‘साहस’को पर्याय : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदाय ‘साहस’को पर्याय भएको बताएकी छन्। सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवका अवसरमा ‘मेची–काली विश्व अभियानको शुभारम्भ गर्दै उनले नेपाललाई विश्वमाझ परिचित गराउन शेर्पा समुदायले दिएको योगदानको प्रशंसा गर्दै पर्यटकीय शिक्षा प्रवद्र्धन आजको आवश्यक रहेको बताइन्।

प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड

वीरेन्द्रनगर नगरपालिका–३ ले प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड उपलब्ध गराएको छ। वडाको शान्ति सुरक्षालाई थप मजबूत बनाउन प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड वितरण गरिएको अध्यक्ष भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए।

बादी समुदाय उत्थान विकास समिति खारेज नगर्न माग

बादी समुदायका अगुवाले बादी समुदाय उत्थान विकास समिति खारेज नगर्न सरकारसँग माग गरेका छन्। बादी अभियान संघर्ष समितिले मंगलवार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अगुवाहरुले आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पिछडिएको तथा राजनीतिक हिसाबमा शून्य उपस्थिती रहेको र बाध्यात्मक यौन व्यवसायले जकडिएको बादी समुदायको एकमात्र उत्थान संस्था समिति भएको भन्दै यसलाई यथावत राख्न माग गरेका हुन्। प्रत्यक्ष रुपमा बादी समुदायमा राज्यको स्रोत, साधन पु-याउने एक मात्र सरकारी संयन्त्र नै समिति भएको उनीहरुको भनाई छ।

खुल्यो हेलम्बु

ह्योल्मो समुदायको सुन्दर बस्ती–हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राका लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् गाउँहरू। प्राकृतिक छटाले भरिपूर्ण छ हेलम्बु।

हज यात्रीको संख्या दोब्बर बनाइने

सकारले मुस्लिमको पवित्र धर्मस्थल मक्कामा हज गर्न जाने नेपाली मुसलमान समुदायको यात्री संख्या बढाउने भएको छ। हाल एक हजार दुई सय जना हज गर्न जाने गरेका छन्।

टुँडिखेलमा धुमधामका साथ मनाइयो सोनाम ल्होसार (फाेटाे/भिडियाे)

राजधानीको टुँडिखेलमा यस वर्ष तामाङ समुदायले साेनाम ल्होसार धुमधामका साथ मनाएका छन्। यो पर्वको अवसरमा प्रदेश नम्बर ३ प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिएको थियाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्