coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगञ्जमा ईद उल फित्रको रौनक(फोटो फिचरसहित)

नेपालगञ्ज – मुस्लिम समुदायको महान पर्व ईद नेपालगन्जमा धुमधामका साथ मनाइएको छ। ईदको अवसरमा यहाँका मुस्लिम समुदायले विपी चोकमा रहेको ईदगाहमा पुगेर सामुहिक रुपमा नवाज पढेका छन्।

सामुहिक नवाजका क्रममा सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, प्रदेस सभा सांसद मोहम्मद याकुब अन्सारी, स्थानीय तहका जनप्रतिनिधि, मुस्लिम अगुवा लगायत हजारौको संख्यामा उपस्थिति रहेको थियो। सो क्रममा उपस्थित मुस्लिम र गैरमुस्लिम समुदायले अन्कमाल गर्दै ईदको शुभकामना आदानप्रदान गरे। सहरी विकास मन्त्री राईले ईद पर्वले आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने विस्वास गरे। पुर्ब साम्सद अब्दुल हमिद सिदिकी (भोला) ले ईद पर्बले नेपालमा सुख, शान्ति र समृदी ल्याउने विस्वास व्यक्त गरे।

मुस्लिम समुदायले आज देशभर विशेष नमाज पाठ गरी इद उल फित्र पर्व मनाउँदै छन्।अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन आज इद मनाउन लागेका हुन्। इदमा आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदले जनाएको छ। यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु हो।

तस्बिरः अर्जुन नागरिक

प्रकाशित: २२ जेष्ठ २०७६ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App