२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

होमस्टेमा होमिएका थारु युवती

बर्दिया खैरेनी थारु समुदायको बाहुल्यता भएको गाउँ हो। नगरपालिकामा पर्ने भएपनि खैरेनी गाउँको वरपर जंगल छ। घर नजिकैको जंगलबाट आउने बन्य जन्तुले हरेक वर्ष गाउँलेलाई सताउने गर्छन। बारबर्दिया नगरपालिका–९ खैरेनीका बासिन्दाका लागि बन्यजन्तुले दिने दुख हरेक वर्षको साझा समस्या हो। तर यही साझा समस्यालाई खैरेनीका थारु युवतीले आर्थिक आर्जन गर्ने माध्यम बनाउने तयारीमा जुटेका छन। आर्थिक पार्जनका लागि खैरेनीका थारु युवती होमस्टेमा होमिएका छन। उनीहरुको धेरैजसो समय अहिले गाउँका प्राकृतिक सम्पदा र बन्यजन्त संरक्षण गर्दै होमस्टे व्यवसायलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरामा बित्ने गर्छ।

खैरेनीकी निरु र्धकटुवा बिबिएस पहिलो वर्षको विद्यार्थी हुन। निरु नेपालगन्जमा भैरहेको अध्ययनसँगै आफनो गाउँमा होमस्टो मार्फत आर्थिक उन्नतीका लागि सक्रिय भएर लागेकी छिन। उनको अबको योजना छ अध्ययन पुरा गर्ने र आफनो गाउँमा व्यवस्थित होमस्टे संचालन गर्ने। त्यसका लागि उनले सात दिनको होमस्टे संचालन तथा प्रवद्र्धनका लागि सात दिने प्रशिक्षण पनि लिइसकेकी छन। २० वर्षे निरुले डिप्लोमा इन होटल म्यानेजमेन्ट सकाएपछि केहि समय नेपालगन्जको एक चारतारे होटलमा काम गरिन। होटलमा सिकेको अनुभव गाउँमा प्रयोग गर्ने योजना छ उनको। निरु भन्छिन, ‘आर्थिक आर्जनका लागि गाउँमै प्रशस्त सम्भावना छ। होमस्टे समुदायको समृद्धिको लागि हो। प्रकृति संरक्षण र संस्कृति प्रवद्र्धनका लागि सहयोगी बन्छ। होटल व्यावसाय नितान्त फाइदाका लागि खोलिएको हुन्छ। होमस्टो समुदायको विकासका लागि।’

निरु जस्तै अध्ययनसँगै होमस्टो व्यावसायमा आर्कषित भएकी छिन सपना चौधरी। २५ वर्षे सपनाले केहि समय नेपालगन्जमा रेडियो पत्रकारित गरिन। बिए तेस्रो वर्षमा अध्ययन गरिरहेकी सपनाको माईती गाउँ कोहलपुर गाभरमा छ । गाभरको थारु समुदायमा संचालन भैरहेको होम स्टे पश्चिम नेपालमा नमुना बनिरहेको छ। त्यसले प्रभावित गरेको रहेछ सपनालाई। थारु समुदाय संस्कृतीमा धनी छ। आफनो संस्कृती र प्राकृतिक कुरालाई संरक्षणमा सहयोग गर्ने भएकोले होमस्टो व्यावसायमा रुची बढेको सपनाले नागरिकलाई बताईन। निरु र सपना मात्र होइन आर्थिक उन्नती गर्ने अभियानमा खैरेनीका १० महिलाले एकै पटक होमस्टे व्यवसाय सुरु गरेका छन।

होमस्टेमा होमिएका युवतीलाई युवा विकासमा काम गर्ने समुह राइजिङ आइडल्सले सहयोग गरिरहेको छ। गत साता राइजिङ आइडल्सले व्यावसाय सुरु गर्न लागेका युवतीहरुलाई ३ लाख  ४५ हजारको सामाग्री प्रदान ग¥यो। यसले युवतीलाई व्यवसाय संचालनमा हौसला मिल्ने बताउँछन राइजिङ आइडल्सका संस्थापक अध्यक्ष आशिष बर्मा। उनले भने, ‘युवाहरु सामाजिक क्षेत्रमा बलियो बन्न लागि आर्थिक रुपमा सक्षम हुनु पर्छ। आर्थिक क्षेत्रमा बलियो भए युवाले समाज विकास लागि सक्रिय भएर काम गर्छन। थारु समुदायका युवतीलाई आर्थिक उन्नतीको बाटोमा जोडिनु खुसीको कुरा हो। यस्ता प्रयासलाई स्थानीय निकायले सहयोग र संरक्षण गर्न जरुरी छ।’

खैरेनी गाउँको नजिकै सत्खलवा ताल छ। जहाँ सातवटा खोलाको पानी मिसिएर तलाउ बनेको छ। सत्खलवा ताल र वरपरको प्राकृतिक वातावरणले होमस्टे व्यावसायलाई फाइदा पुग्ने बताउँछन गाभर होमस्टे व्यावसाय संचालन गरिरहेका कृष्ण चौधरी। पश्चिम नेपाल होमस्टेका लागि सम्भावना देखिएको क्षेत्र हो। थारु समुदाय सांस्कृति रुपमा धनी भएकोले थारु समुदायमा होमस्टेको सम्भावन अझ राम्रो देखिएको बताउँछन कृष्ण।

प्रकाशित: १४ असार २०७६ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App