७ आश्विन २०८१ सोमबार
image/svg+xml

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

तामिल नाडुमा सुरक्षाकर्मीको गोली लागि ९ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।

सुन तस्करीका थप रहस्य खुलेको छानबिन समितिकाे दाबी

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरी गृहमन्त्रालयमा सार्वजनिक गरिएको छ।

प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम शुरु भएको छ ।

यी हुन् सुन तस्करका नाइके 'गोरे' भनिने चुडामणि उप्रेती

सुन तस्करका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरीले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरलाई सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा गोरेलाई आज बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी गरायो ।

विप्लवका कार्यकर्ता छोड्न आदेश

उच्च अदालतले नेकपा विप्लव समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको हो।

१ लाख १७ हजार कर्मचारी आवश्यक

देशभर तीन तहको सरकार सञ्चालन गर्न स्थानीय तह, प्रदेश र संघमा गरी कुल १ लाख १७ हजार निजामती कर्मचारी आवश्यक पर्ने भएको छ।

दाबी ७८ करोड, क्षतिपूर्ति १६ करोड रुपैयाँ मात्रै

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन तीव्र बहस चलिरहेको बेला रोजगारीको नाममा ठगिने क्रम भने रोकिएको छैन ।रोजगारीका गुलिया नारा लगाउँदै विदेश पठाइएका युवायुवतीले ठगीमा परेको भन्दै महिनैपिच्छे आठ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्ने क्रम जारी छ ।

द्वन्द्वकालका ‘माओवादी स्वास्थ्यकर्मी’ लाई सरकारी मान्यता

तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको पाँच नम्बर प्रदेश सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिन प्रक्रिया अघि बढाएको छ।

प्रहरी घुस प्रकरण : १२ प्रहरी जिल्ला तानिए, छानविन शुरु, सीमामा त्रास कायमै

भारतीय युवावाट प्रहरीले पैसा लिएपछि सीमा पारीबाट आएको धम्कीले दशगजाको सिरानमा रहेको डोकेबजारमा त्रास छाएको घटनाको छानविन शुरु भएको छ।

कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताए।

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी नियुक्ति प्रक्रियामा विवादित बन्दै गएको छ । कर्मचारी नियुक्तिमा आफन्तलाई प्राथमकिता दिने गरेको र प्रक्रिया पूरा नगरी मनपरी नियुक्ति गरेको आरोप प्रतिष्ठानमाथि लागेको छ ।

समृद्ध प्रदेशका लागि करको दायरा बढाएर व्यवस्थापन गरिने

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशमा करको दायरा बढाएर करलाई व्यवस्थित गर्ने बताएका छन् । करको दायराभन्दा बाहिर रहेका व्यवसायीलाई करमा सहभागी गराएर समृद्धिमा लैजाने उनले बताए।

कर्णाली प्रिमियर लिग : आर्मी र काठमाडौंको पहिलो जित

कर्णाली प्रिमियर लिगमा त्रिभुवन आर्मी क्लब र काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पहिलो जित दर्ता गराएका छन्। आइतबार भएको खेलमा काठमाडौँले रोयल राइजिङ क्रिकेट क्लबलाई आठ रनले पराजित ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्