७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘सुन तस्कर’को पक्षमा प्रदेश सांसद

प्रदेश सभामा ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्नलाई कारवाहीको माग गर्दै आएका सांसदले नै प्रतिवादीको बचाउ गर्दै अदालतमा बहस गरेका छन्। आइतबार मोरङ जिल्ला अदालतमा प्रदेश १ का प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले प्रतिवादीका तर्फबाट बहस गरेका हुन्।

डिआइजीहरुलाई गृहमन्त्रीको निर्देशन– भ्रष्टाचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्नुस्

गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्नेगरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुलाई निर्देशन दिएका छन्।

ब्रोकरबाटै सेयर धितोमा ऋण

सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले अब बैंकसम्म धाउनु नपर्ने भएको छ । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने कार्यविधि धितोपत्र बोर्डले पारित गरेपछि लगानीकर्ता बैंकसम्म पुग्नु नपर्ने भएको हो।

सरुवाले पुनर्निर्माण प्राधिकरणमा तरंग

सरकारले पुराना कर्मचारीको धमाधम सरुवा गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा तरंग फैलिएको छ।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

अवलोकनकर्ताको रोजाइमा भेरी–बबई सुरुङ

सडक सव–डिभिजन कार्यालय डोल्पाका इन्जिनियर जगन्नाथ खनालको मनमा खुल्दुली थियो– मेसिनबाट खनेको सुरुङ कस्तो होला ? सुरुङ खन्ने मेसिन(टिबिएम)लन्च भएको थाहा पाएका खनालले मनमनै वाचासमेत गरिसकेका रहेछन्– डोल्पाबाट झरेपछि जसरी पनि मेसिनबाट खनेको सुरुङ अवलोकन गर्छु।

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

रुस्लान कर्णाली प्रिमियर लिग अन्र्तगत शनिबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लव, धनगढी क्रिकेट एकेडेमी र रुपन्देही–११ विजयी भएका छन्।

कर्नाटकमा ढल्यो भाजपाको सरकार, ५५ घण्टामै येदियुरप्पाले दिए राजीनामा

भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टीको सरकार ढलेको छ। यहाँ भाजपाबाट मुख्यमन्त्री बनेका बीएस येदियुरप्पाले पद तथा गोपनियताको सपथ लिएको ५५ घण्टामै राजीनामा दिएका छन्।

करबाकेली ट्रेकको शुभारम्भ

म्याग्दी भ्रमण वर्ष २०७५ को अबसर पारेर म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग करबाकेली इको ट्रेक शुभारम्भ गरिएको छ।

धामीझाँक्रीको नयाँ संस्करण बन्दै प्रभु अनुयायी

गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठामा पढ्न बाध्य छन्। अझ सानासाना नानीसमेत धूलैधूलाले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन्। तर, विद्यालयछेउमा भने लाखौंको लगानीमा प्रभुका नाममा भजन मण्डली बनाइएका छन्। पक्की संरचनाका यी भजन मण्डली भवनका बारे कतैबाट सोधखोज गरिएको छैन।

प्रहरीकै आडमा तामाकोसीमा बालुवा तस्करी

महिना दिन अगाडि स्थानीय प्रशासनले तामाकोसी नदीबाट बन्द गराएको बालुवा तस्कारी फेरि प्रशासनकै आडमा रातको समयमा शुरु भएको छ ।

करोड क्लवमा ओलीको ह्याट्रिक

गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्