अनवर–उल–हक काकर पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री नियुक्त
पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन ।
पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन ।
एनआइसी एसिया बैंकलेआफ्ना ग्राहकका लागि अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरूवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो।
पर्यटन बोर्डले गत अप्रिल १ देखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरायो। यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य रूपमा ट्रेकिङ कम्पनीमार्फत पथप्रदर्शक (गाइड) लिएर जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भयो।
सरकारले तीन तहकै सरकारको काममा स्पष्टता ल्याएर जिम्मेवार बनाउन कार्य विस्तृतीकरण परिमार्जनको गृहकार्य अगाडि बढाएको छ।
कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।
नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली आयोजना गरेको छ।
एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो।
भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।
सय किलो सुन प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। शुक्रबार चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
नेपालीभाषीका लागि च्याटबटहरू कत्तिको कामलाग्दा छन् त? बिल्कुलै कामलाग्दा छैनन्। यो पंक्तिकारले नेपाली भाषामा कुराकानी गर्न खोज्दा अधिकांश अवस्थामा गलत सूचना दिएको छ। अंग्रेजी तथा विदेशी विषयमा भने यसले अधिकांशः सही सूचना दिएको छ।
राजधानी व्यवस्थित गर्ने नाममा लुम्बिनी प्रदेश सरकारले ३५ महिनादेखि ‘बन्धक’राखेको जग्गा फुकुवा नगरिदिँदा प्रदेश राजधानीका नागरिक मारमा परेका छन्।