१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकद्वारा कर्जा योजना सार्वजनिक

 एनआइसी एसिया बैंकलेआफ्ना ग्राहकका लागि अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले ग्राहकको आवश्यकतालाई हरसम्भव पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोड रूपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको हो। 

२५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्ने बैंकको दाबी छ। यस योजना अन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्ने जग्गा खरिद गर्न उक्त कर्जा सुविधा उपयोग गर्न सक्नेछ। साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ। बैंकले ग्राहकको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाख रूपैयाँदेखि अधिकतम ५ करोड रूपैयाँसम्म कर्जा उपलब्ध गराउने छ।  

अधिकतम १५ वर्षका लागि दिइने यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकले जनाएको छ। बैंकले साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरूलाई लक्षित गरी यो कर्जा योजना ल्याएको हो।

त्यसैगरी बैंकले ल्याएको न्यूनतम ५० लाख रूपैयाँदेखि अधिकतम १२ करोड रूपैयाँसम्मको अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि रहेको बैंकले जनाएको छ ।

प्रकाशित: २८ श्रावण २०८० ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App