२३ वैशाख २०८१ आइतबार
image/svg+xml

समृद्धि फाइनान्सद्वारा निःशुल्क दाँत तथा आँखा शिविर

समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क दाँत तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ।

निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको माग

संसदमा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्तबमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन्।

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ।

एनसेललाई दुई अवार्ड

नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरेबापत एनसेलले एचआर मिटमा ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड’ जित्न सफल भएको छ।

सप्ताहव्यापी चीन भ्रमण पछि आज स्वदेश फर्कदै उपप्रधानमन्त्री श्रेष्ठ

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन्।

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

लौकी–काँकडभिट्टा सडकमा परामर्शदाता चयनमा ढिलाइ

लौकी–काँकरभिट्टा सडक स्तरोन्नति आयोजनाको लागि ४० अर्ब रूपैयाँमा ठेक्का सम्झौता भएको चार महिना पूरा भइसकेको छ।

नाइजेरियामा खुल्यो जेनेस सलुसनको कार्यालय

बेलायतमा मुख्यालय भएको सूचना प्रविधिसम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुसनले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ।

केशलिया–बुढीखोला करिडोर निर्माण यसै वर्षदेखि थाल्छौँ :मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलिया–बुढीखोला करिडोरको निर्माण यसै वर्षदेखि सुरु गर्ने बताएका छन्।आज विराटनगरमा केशलिया–बुढीखोला करिडोरको डिपीआर प्रतिवेदन बुझ्दै कार्कीले यसै वर्षदेखि करिडोर निर्माण सुरु गर्ने जानकारी दिएका हुन्।

जाजरकोटमा मनोपरामर्श शिक्षा दिंदै कर्णाली प्रतिष्ठान

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ।

राष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखामा गर्न आयोगको परामर्श

निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ।

दसैंमा मुख र दाँत स्वास्थ्य परामर्श दिन अनुरोध

प्रिमियर डेन्टललले दसैं–तिहारको अवसरमा अनलाइन परामर्श लिन अनुरोध गरेको छ। कोभिड १९ कालदेखि नै परामर्श दिँदै आएकोमा दसैं–तिहारको अवसरमा पनि यो सेवा लिन अनुरोध गरेको छ।

नेपाल-म्यानमार द्विपक्षीय परामर्श संयन्त्रको बैठक म्यानमारमा बस्ने

नेपाल र म्यानमार बीचको परराष्ट्र मन्त्रालयबिच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यानमारमा हुने भएको छ।

‘मोबाइल एप्स’मार्फत कृषि परामर्श

चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन्। उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्