१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एनसेललाई दुई अवार्ड

नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरेबापत एनसेलले एचआर मिटमा ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड’ जित्न सफल भएको छ।

स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको एचआर मिटको विशेष समारोहमा शनिबार एनसेललाई यी अवार्डहरू प्रदान गरिएका हुन्। राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात् नेसनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डको रूपमा चिनिन्छ। यसअघि एनसेलले नेसनलएचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो।

एनसेल एचआर मिट २०२४ मा दुईवटा विधामा अवार्ड प्राप्त गर्ने एनसेल एक मात्र कम्पनी हो। यो सम्मान एनसेलले व्यवसाय सञ्चालनका हरेक पक्षमा उत्कृष्टताका लागि गरेका निरन्तरको प्रयासको प्रमाण हो।

नेसनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड ’ पनि प्रदान गरिएको छ। यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रमशक्तिको पोषण गर्ने कम्पनीको संस्कृति र प्रतिबद्धताको सम्मान गरेको छ।

प्रकाशित: १९ चैत्र २०८० ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App