२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कोइकाको स्वयंमसेवक परामर्श कार्यशाला

कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) ले ललितपुरमा परामर्श कार्यशाला सम्पन्न गरेको छ। कार्यशालामा कोरियाली प्रवासी स्वयंसेवकहरूलाई राम्रो काम गर्ने वातावरण र भविष्यमा स्वयंसेवक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तरिकाहरूबारे छलफल गरिएको थियो।

कोइका नेपाल कार्यालयका कन्ट्री डायरेक्टर मुहेन कोङले सहभागीहरूलाई स्वागत गर्दै नेपालमा कोइका कार्यक्रमलाई सुदृढ गर्न कार्यान्वयन गर्ने संस्थाहरूबीचको सहकार्य महत्वपूर्ण हुने बताए।

उनले सन् २०२४ नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्धको ५०औँ वर्षगाँठको वर्ष भएको बताए। साथै उनले यस अवसरले दुई देशबीचको दिगो साझेदारीलाई रेखांकन गर्ने पनि बताए।

कोइका स्वयंसेवक कार्यक्रमले गरिबी न्यूनीकरण गर्ने, दिगो विकासमा योगदान पुर्‍याउने र कोरिया र आयोजक देशहरू बीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ। यो स्वयंसेवा कार्यक्रम नेपालमा कोइकाको सहयोग कार्यक्रम अन्तर्गतको महत्वपूर्ण पक्ष हो जसले कोरियाली ज्ञान, विशेषज्ञता र प्रविधिलाई प्रत्यक्ष रूपमा तल्लो तहमा हस्तान्तरण गर्न सहयोग गर्दछ।

हाल १० जना स्वयंसेवकहरू सक्रिय रूपमा विभिन्न क्षेत्रमा कार्यरत छन्। कोइकाले नेपालमा स्वयंसेवकको संख्या बढाउन प्रतिबद्ध रहेको जनाएको छ। कार्यक्रममा करिब ५४ स्वयंसेवी साझेदार संस्था, विभिन्न मन्त्रालय र विभागका अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १८ चैत्र २०८० ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App