आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डसँगको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । उपकप्तान दीपेन्द्रसिँह ऐरीले नेपाललाई चौथो सफलता दिलाएका हुन्।
दीपेन्द्रले आक्रामक अर्धशतक बनाएका इग्लिस ब्याटर जेकोब बेथलको विकेट लिएका हुन्। उनले ज्याकब बेथललाई ५५ रनमा लोकेश बमद्वारा क्याच गराए । ज्याकबले चौथो विकेटका लागि कप्तान ह्यारी ब्रकुसँग ७१ रनको साझेदारी गरे । उनले ३५ बलमा समान चार चौका र चार छक्का प्रहार गरेका थिए ।
प्रकाशित: २५ माघ २०८२ १६:२६ आइतबार





