१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै आजको बैठकमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’ प्रस्तुत गर्न अनुमति माग्ने र ‘निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

अर्थ मन्त्री डा.प्रकाशशरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ। मध्याह्न १२ बजेर ९ मिनेटमा बस्ने गरी बैठक बोलाइएको छ।

आजको बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २२६ क बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्था लगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन पेश गर्ने पनि कार्यसूची रहेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ।

प्रकाशित: १८ फाल्गुन २०८० १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App