रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको घरमा चोरी भएको नदेखिएको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी प्ररिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार घरको अवलोकन गर्दा चोरी नभएको देखिएको हो। घरको ढोकाको ग्रिल फुटेको अवस्थामा भेटिए पनि चोरी र तोडोफोडका घटना भएको नदेखिएको उनले बताए।
'प्रहरीले घरको अवलोकन गर्दा चोरी भएको देखिएन,' उनले नागरिकन्युजलाई भने, 'ढोकाको ग्रिल फुटेको अवस्थामा भेटिएको छ। तर चोरीको घटना भएको देखिएन।' उनका अनुसार प्रहरीले अनुसन्धान जारी राखेको छ।
प्रकाशित: १७ माघ २०८२ १२:१८ शनिबार





