२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘कांग्रेसलाई सरकारमा ल्याउने गृहकार्य सुरु’

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन्।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ।

डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा केसीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

अालोचना गर्नुभन्दा वाम सरकारलाई काम गर्न देउ: माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकार आउँदैमा आत्तिनु पर्ने अवस्था नआएको बताएका छन् ।

बुधबारबाट मानव अधिकार फिल्म महोत्सव

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण बुधबारबाट राजधानीमा सुरु हुने भएको छ।

पुनामा पढेर फर्कि कलाकार

फिल्म एन्ड टेलिभिजन इनिष्टिच्युट अफ इण्डिया(एफटीआइआइ) पुनेले प्रदान गरेको २० दिने स्क्रिन एक्टिङ कोर्स पूरा गरेर २० नेपाली कलाकारहरू स्वदेश फर्किएका छन् । उनीहरु एफटीआइआइमा गत फेब्रुअरी १२ देखि मार्च ३ सम्म भएको प्रशिक्षणमा सहभागी भएका थिए।

सेयरको अर्थ सरोकार

सेयर बजार सूचकांक उकालो लाग्नु र ओरालो लाग्नुका पछाडि खासै ठूला कारण हुँदैनन् । बजारका उडन्ते खबरले पनि यसमा धक्का लाग्छ । कहिले सामान्य कारणले अचानक सकारात्मक प्रभाव पनि देखिन्छ । निर्वाचन, सरकार परिवर्तन, कम्पनीहरूको वार्षिकोत्सव र लाभांश घोषणा गर्ने समय आदिले सूचकांक उकालो लाग्छ।

कोन्टेद्वारा टोलीको निरीहता स्वीकार

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीविरुद्धको खेलमा आफ्नो टोली निरीह देखिएको स्विकारेका छन्।

औद्योगिक वातावरण बनाउन सरकार अग्रसर : उद्योगमन्त्री यादव

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योग–धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्।

दुगड ग्रुप पियाजिओको आधिकारिक वितरक

दुगड ग्रुप अब थ्री ह्विलरको व्यवसायमा समेत प्रवेश गरेको छ । एमभी दुगड गु्रप अन्तर्गतको विवेक अटोमोबाइल्सले अब विश्वमै लोकप्रिय थ्री ह्विलर कम्पनी पियाजिओका सवारी साधन नेपालमा बिक्री वितरण गर्ने भएको छ।

लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम

नेपालगन्जमा लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम भएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपालगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा गत शनिबार उक्त कार्यक्रम भएको हो।

काभ्रे कारागारका कैदीबन्दी आन्दोलित

जिल्ला कारागार काभ्रेका कैदीबन्दीले आन्तरिक व्यवस्थापकका रूपमा कारागारभित्र खटिएका नाइके र सहनाइकेहरूले ज्यादती गरेको भन्दै आन्दोलन गरेका छन्।

बनेन बालअधिकार संरक्षण नीति

बालअधिकार संरक्षण गर्न सरकारीस्तरबाट भएका नीतिगत व्यवस्था कार्यान्वयनमा दर्जनौं जटिलता देखिएका छन्।

राजपा पनि सरकारमा जान इच्छुक

मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी सरकारमा जान इच्छुक देखिएको छ । सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरम र एमाले–माओवादी गठबन्धनबीच वार्ता भइरहेका बेला राजपा पनि सकारात्मक देखिएको हो।

प्रभावकारी कामका लागि प्रधानमन्त्री नै खटिनुपर्नेमा जोड

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काम प्रभावकारी बनाउन अनुगमनका लागि योग्य र इमानदारको टोली बनाई प्रधानमन्त्री आफैं खटिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्