२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजपा पनि सरकारमा जान इच्छुक

काठमाडौं – मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी सरकारमा जान इच्छुक देखिएको छ । सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरम र एमाले–माओवादी गठबन्धनबीच वार्ता भइरहेका बेला राजपा पनि सकारात्मक देखिएको हो।

प्रधानमन्त्री केपी ओली र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच आइतबार साँझ भएको वार्ता सकारात्मक रहेको रापजाले जनाएको छ । वार्ताबारे राजपाका अन्य शीर्ष नेतालाई जानकारी गराउन ठाकुरले सोमबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलको अनौपचारिक बैठक बोलाएका थिए । बैठकमा अध्यक्ष मण्डलका सदस्यले संविधान संशोधनको अजेन्डामा सरकार तयार भए पार्टी सरकारमा जान सक्ने धारणाा राखेका थिए। 

यस विषयमा सत्तारूढ दलका नेताहरूसँग छलफल गर्न बैठकले ठाकुरलाई म्यान्डेट दिने निर्णय गरेको छ । सरकारमा जान संविधान संशोधन गर्नुपर्ने, सहिद घोषणा गर्न बाँकी व्यक्तिलाई सहिद घोषणा गर्नुपर्ने र झुटा मुद्दा फिर्ता लिनुपर्ने सर्त राजपाले अघि सारेको छ । संविधान संशोधन गर्न सत्तारूढ दलहरु तयार भएका छन्।राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले संविधान संशोधन गर्न सरकार तयार भएमा राजपा सरकारमा जान सक्ने बताए । ‘हाम्रो मुद्दा सम्बोधन गर्न तयार भएमा र संविधान संशोधन भएमा हामी सरकारमा जान सक्छौं’, उनले भने।

यसअघि सत्तारूढ दल एमाले र माओवादी केन्द्रले संघीय समाजवादी फोरमसँग मात्र वार्ता गर्दा राजपाका नेता चिढिएका थिए ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकारमा सहभागिताबारेमा प्रधानमन्त्री ओली र ठाकुरबीच वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्रीले ठाकुरलाई सरकारमा आउन आग्रह गरेका थिए । ठाकुरलेसंविधान संशोधन गर्न सरकार तयार भएमा आफूहरू सरकारमा जान सक्ने बताएका थिए।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App