२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

दुगड ग्रुप पियाजिओको आधिकारिक वितरक

काठमाडौं – दुगड ग्रुप अब थ्री ह्विलरको व्यवसायमा समेत प्रवेश गरेको छ । एमभी दुगड गु्रप अन्तर्गतको विवेक अटोमोबाइल्सले अब विश्वमै लोकप्रिय थ्री ह्विलर कम्पनी पियाजिओका सवारी साधन नेपालमा बिक्री वितरण गर्ने भएको छ।

अब नेपालमा पियाजिओका पेट्रोल कार्गो र प्यासेन्जर अटो गरी दुई प्रकारका थ्री ह्विलर गाडी विवेक अटोमोबाइल्सले उपलब्ध गराउनेछ । केही समयमै ई–अटो नामक विद्युतीय सवारी समेत उपलब्ध गराउने योजना छ।

नेपालमा पहिलेदेखि नै पियोजिओका यस्ता सवारी साधन उपलब्ध भए पनि राम्रो सर्भिस नेटवर्क र फाइनान्स सुविधा उपलब्ध थिएन । अब विवेक अटोमोबाइल्सले बिक्रीपछिको उत्कृष्ट सेवा उपलब्ध गराउने लक्ष्यका साथ नेपालमा यसको डिलरसिप लिएको एमभी दुगड ग्रुपका अध्यक्ष विवेक दुगडले बताए।

एमभी दुगड ग्रुपको राम्रो नेटवर्क, फाइनान्स सुविधा र आफ्टर सेल्स सर्भिस भएकाले डिलरसिपको लागि रोजेको पियाजिओ भेइकल्स प्रालिका एसोसिएट भाइस प्रेसिडेन्ट–एक्सपोर्ट सुधांशु अग्रवालले बताए । हाल नेपालमा वार्षिक रुपमा नौ हजारभन्दा बढी थ्री ह्विलरको व्यापार हुने र त्यसमा पियाजिओको हिस्सा २० प्रतिशत रहेकोमा आगामी दिनमा यसको बजार हिस्सा बढाउदै लैजाने उनले बताए।

हाल पियाजिओका कमर्सियल भेइकल ४२ देशमा बिक्री वितरण हुन्छन् । विश्वमै पहिलो दुईपांग्रे सवारी ‘भेस्पा’ पनि पियाजिओले नै उत्पादन गरेको हो । पियाजिओ टु ह्विलर र थ्री ह्विलर सेग्मेन्टमा विश्वमै नाम कहलिएको कम्पनी हो । पियाजिओ अन्तर्गत भेस्पा, अप्रिलिया, मोटो गुची जस्ता टु ह्विलर लोकप्रिय छन् । कमर्सियल थ्री ह्विलर भेइकल भारतमा उत्पादन हुन्छ ।

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App