१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाली भूभाग डुबानमा

भारतद्वारा सीमावर्ती बझाहामा बनाइएको २८ वटा ढोकासहितको बाँधजस्तोे स्थायी संरचनाका कारण तीन सय बिघाभन्दा बढी नेपाली भूभाग डुबानमा परेको छ। मायादेवी गाउँपालिका–४ स्थित तुलसी डिहवामा, पिपराको तुल्सीडहवा गौरा गाउँ सेरोफेरोका धानखेत डुबानमा परेका हुन्। डुबानकै कारण दुई दशकयता कृषकले खेतीपाती राम्ररी स्याहार्नै पाएका छैनन्। भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षायाममा बन्द गर्ने गरेको कृषकहरू बताउँछन्।

संसदमा हिन्दीमा बोल्दै अनिल झाले भनेः बाढी र डुबानको दोष भारतलाई नलगाउ

राजपाका अध्यक्ष मण्डलका संयोजक एवं सांसद अनिल कुमार झाले विपद व्यवस्थापन प्राधिकरण गठन गर्न माग गरेका छन्।

कोशी डुबान र कटानका पीडित ‘रिले’ अनशनमा

लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन्। सुनसरीको कोशी ब्यारेजमा पाल टाँगेर बसेका पीडितले कोशी ब्यारेज निर्माण गर्दाको अवस्थामा भएको क्षतिको माग गरेका छन्।

भारतले ‘बाँध’ मर्मत गर्न थालेसँगै नेपालमा त्रास

दसगजा क्षेत्र मिची बनाइएको बाँधजस्तोे स्थायी संरचनाका कारण नेपाली भूभाग झन् डुबानमा पर्ने खतरा बढेकाले यसलाई तत्काल समाधान गर्न रौतहट प्रशासनले लिखित रूपमै निर्णय गरेर सरकारको ध्यानाकर्षण गराएको छ।

व्यक्तिभन्दा पार्टी महत्वपूर्णः दाहाल

दाहालले मधेसमा कटान र डुबान, मरुभूमीकरण तथा आगलागीबाट बर्सेनि दोहोरिरहने समस्याको स्थायी समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उल्लेख गरे।

भारी बर्षाले कञ्चनपुरमा डुबान, चुरे क्षेत्रमा तटबन्ध भत्किँदै (फाेटाे फिचर)

गत मध्यरातदेखिको भारी बर्षाले सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रसँगै कञ्चनपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्। बर्षाकै कारण भीमदत्त नगरपालिका–३ को चुरे भएर बग्ने खनिया खोलाको तटबन्ध भत्किएको छ। त्यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुरको विष्णु टोलको तटबन्ध पनि भत्किन थालेको छ। बर्षाले विद्यालय परिसरमा पानी भरिएपछि अधिकांश विद्यालयले मंगलबार विद्यार्थीलाई घर फर्काएका छन्।

राहत नपाउँदा आहत डुबानपीडित

गत साउन ३ गते विपद् व्यवस्थापन समितिको बैठकले घर, बालिनालीलगायत विस्तृत सर्भे गर्ने भन्दै तथ्यांक संकलनका लागि ३२ वटा टोली गठन गरेको थियो।

तीन हजार हेक्टरकाे धान डुब्याे

गत असार २८ तथा साउन ८ गते आएको लगातारको बाढीका कारण सप्तरीको तीन हजार हेक्टरभन्दा बढी खेतीयोग्य जग्गा डुबानमा परेपछि किसान चिन्तित भएका छन्। बाढीले खेतीयोग्य जग्गामा पु-याएको क्षतिसम्बन्धी यकिन तथ्यांक अझै आउन सकेको छैन।

गम्भीर ढंगले कुरा उठाउँछौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्षाको समयमा भारतीय बाँधका बारण नेपाली भूमिमा हुने डुबानका विषयमा भारतीय पक्षसँग गम्भीर रुपमा छलफल गर्ने बताएका छन्। नेपाल वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको नेपाल–भारत सीमाका बाँध, डुबान र समाधानका उपाय विषयक बहस कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल र भारतबीच हुन लागेको परराष्ट्र मन्त्रालय स्तरीय बैठकमा बाँधको विषय गम्भीर रुपमा उठाउने बताएका हुन्।

ट्रम्पलाई सम्झिँदै गगनले भनेः भारतीय बाँधले तराई डुब्यो, योपटक हामीले हल खोज्नैपर्छ

नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबानको हल खोज्ने बेला आएको बताएका छन्। देशभर साउन भदौमा निम्तिने विपदको तालिका बदल्न यसपटक संकल्प गर्नैपर्ने र सरकारले पहलकदमी लिनुपर्ने उनको भनाई छ।

भारतसँग कुरा गर्ने बेला आयोः देउवा

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्सेनि हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बताएका छन्।

यसकारण डुब्दै छ मधेस

‘हेलिकोप्टरबाट हेर्दा चुरे क्षेत्रका खोला सुक्खा छन्। मधेसमा बाढीको उफान छ। बाढीप्रभावित प्रदेश २ का जिल्लाको हवाई अवलोकनपछि गत बुधबार जनकपुरमा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष सो विषयमा जिज्ञासा राखे। जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अत्यधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नुु यसको कारण हो भन्दै कमला नदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहरकुमार साहले प्रस्ट्याए। उनले भने, ‘चुरेतर्फ सुक्खा तथा मधेसमा डुबानको मूल कारण चुरेको अनियन्त्रित दोहन हो।’

सर्लाहीमा बाढी र डुबानको कहर (फोटो फिचर)

गत असार २५ गतेदेखि केही दिन परेको अविरल वर्षाका कारण तराई मधेशमा बाढी र डुबानले एकसाता सम्म अस्तव्यस्त बनायो। हजारौं घर डुबानमा परे। दर्जनौंको मृत्यु भयो भने हजारौं सर्वसाधारण विस्थापित भए। केही दिनयता क्रमश जिल्लामा जनजीवन सामान्य बन्दै गएको छ। सर्लाहीको पनि डुबान भएका विभिन्न स्थानमा जनजीवन सामान्य बन्दै गएको छ।

राष्ट्रियसभाको टोली रौतहटको बाढी प्रभावित बस्तीमा

रौतहटको विभिन्न स्थानमा बाढीबाट प्रभावित बस्तीमा राष्ट्रियसभा अध्यक्षसहित पाँच सदस्यीय संसदीय टोलीले स्थलगत निरीक्षण गरेको छ। बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीमा डुबेर जिल्लाभरिमा १६ जनाको मृत्यु र दुईजना बेपत्ता छन्। बाढीका कारण जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परी हजारौं विस्थापित भए। अर्बौ रुपैयाँ बराबरको माछा पोखरी, तरकारी, फलफूल, उखु, धान, पशु चौपायालगायतका क्षेत्रमा ठूलो नोक्सानी भए पनि यहाँको अवस्था बुझ्न बाढी गएको करिब एक सातापछि संघीय सरकारका मन्त्रीसहितका जम्बोटोली वास्तविक पीडितसँग नभेटेर नेपाली सेनाकै ब्यारेकमा स्थानीय सुरक्षा प्रमखसँग भेटघाट गरी हेलिकोप्टरमै पुनः फर्केपछि त्यसको आलोचना भएको थियो।

अव्यवस्थित सहर

धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीको परिचयबन्दै गएको काठमाडौं सहर पछिल्लो समय झनै अव्यवस्थितबन्दै गएको छ। पानीपर्दाहिलो, घाम लाग्दाधुलो रअलि बढी पानी परे डुबान नै हुने समस्याले आक्रान्तबनेको छ यो सहर। मापदण्ड मिचेर खोलाछेउछाउ बनेका संरचना, ज्यानै लाने एम्बुस सडक, भद्रगोल फुटपाथदेखिलथालिंगलत्रिएकातारले काठमाडौंको अव्यवस्थितरूपलाई देखाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्