१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दुवै प्रधानमन्त्री हवाई निरीक्षण गर

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हटलाइन टेलिफोन नम्बर थिच्नुहोस् र तराईका भारतसँग जोडिएका डुबान क्षेत्रको हवाइ निरीक्षण गर्ने प्रस्ताव राख्नुहोस्। दुवै प्रधानमन्त्रीबाट संयुक्त डुबान क्षेत्रहरूको अवलोकन गर्नुहोस् ताकि भारतीय प्रधानमन्त्री मोदीका दुवै आँखा खुलून्। सर्वसाधारण डुबानपीडित नेपालीको मर्मान्तक पीडा हृदयविदारक वेदना प्रत्यक्ष देखेर आत्मसात् गर्न सहयोग होस्। भारतले एकतर्फी ढंगबाट अन्तर्राष्ट्रिय अभिसन्धिहरूको ठाडै विरुद्ध दुई मुलुकका सीमामा पानीको प्राकृतिक एवं नैसर्गिक बहाव रोकिनेगरी निर्माण गरिएका संरचनाहरूका कारण नेपालका गाउँका गाउँ डुबेका, खेतबारी डुबेका, वस्तुभाउ डुबेका, केटाकेटी डुबेका, किसान र अन्य बसोबासीका चलअचल श्रीसम्पत्ति डुबेका र गाउँलेहरू वेदनाले छट्पटाइरहेका मुटु प्वाल पार्ने दृश्यहरू आफ्नै चर्मचक्षु र अन्तर्दृष्टिले देख्न सक्नुहोस्।

बाढीपीडितलाई राहत रोक्ने निर्णय

सर्लाहीमा बाढी तथा डुबानपीडितलाई तत्कालका लागि राहत वितरण एवं पुनस्र्थापनको काम रोक्ने निर्णय भएको छ। यस्तो निर्णयले एक साताभन्दा बढी समयदेखि त्रिपाल, प्लाष्टिकका अस्थायी टहरा तथा विद्यालयमा शरण लिई राहत अनि पुनस्र्थापनको पर्खाइमा रहेका पीडित मर्कामा परेका छन्।

'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

नेपाली कांग्रेसका सभापतिसहितको टोलीले सिरहाको बाढी तथा डुबान क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीले सिरहाको कर्जन्हा गाउँपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिकास्थित बाढीले अति प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

‘भारतीय बाँधका कारण तराई डुबानमा’

नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताएका छन्।

बाढीको नालीबेली : डुबान, उद्धारदेखि सामूहिक भोजनसम्म (फोटो फिचर)

मनसुनको सुरुवातमै शनिबार चुरेदेखि मधेससम्म अत्याधिक वर्षाका कारण विभिन्न नदीहरुमा आएको बाढी गाउँबस्ती पस्यो।  विपद् व्यवस्थापनमा स्थानीय तहको फितलो तयारीको भार प्रहरीले उठाए। डुबानका कारण घरमै घेरिएका नवजात शिशुदेखि बृद्धसम्मलाई उद्धार गरेर सुरक्षित स्थानमा मात्र पुर्याएनन्, सरसामान पनि सुरक्षित स्थानमा पुर्याइदिए। बाढीपीडितको उद्धारमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी पनि खटिए।

बाग्मती किनारमा छाक टार्न धौधौ

डुबान घटेर पानी सुकेपछि त्यहाँका कतिपय बासिन्दा भने भुइँँ चिसो भए पनि बुधबारबाटै घर सरसफाइ गरेर सर्ने सुरसार गर्दै छन्। कतिपयको घर अझै डुबानमै रहेकाले स्थानीय विद्यालय तथा छिमेकीको घरमा शरण लिइरहेका छन्।

बाढी विज्ञान

वर्षा लाग्नेबित्तिकै देशभर डुबान र बाढीपहिरोका दुःखद खबर आइरहेका छन्। काठमाडौँ उपत्यका, तराईका जिल्ला बाढी–डुबान तथा पहाडी क्षेत्र बाढीपहिरोको चपेटामा परेका छन्। कैयौँले ज्यान गुमाइसके। बस्ती, सडक र पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। जनजीवन अस्तव्यस्त भएको छ। तर सरकारले विपद् व्यवस्थापन प्रभावकारी रूपमा गर्न सकिरहेको छैन।

‘कतै बाढी त कतै खडेरी’

तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन्। ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ। नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन्।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीहरुको ओइरो

अविरल वर्षापछिको पहिरो, डुबान र बाढी मधेशको बाढी प्रभावित जिल्लाहरुमा संघीय सरकारका मन्त्री र सांसदहरुको टोली अनुगमनमा आएका छन्।

देशभरका अवरुद्ध विद्युत सेवा भोलिसम्ममा सुचारु हुनेः मन्त्री पुन

सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा भोलि (श्रावण–१ गते) सम्ममा सूचारु गराउने प्रतिवद्धता जनाएको छ।

भारतीय तटबन्धनले डुबेको बस्तीमा राहत लिएर पुगे प्रहरी प्रमुख

बाढी र डुबानबाट प्रभावित रौतहटमा प्रहरी प्रमुख राहत वितरणमा निस्किएका छन्। रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सोमबार इशनाथ नगरपालिका १ बन्जरहामा ढुंगामा राहत सामग्री लिएर प्रभावित बस्तीमा पुगेका हुन्।

बाढीले राैतहटमा ८ काे मृत्यु, दुई बेपत्ता

तीन दिनदेखि डुबानमा परेको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि अाठ जनाकाे शव फेला परेकाे छ भने दुइ जना बेपत्ता रहेका छन्।

कहिले सिक्ने विपदबाट पाठ ?

मनसुन सुरु हुनाको अर्थ वर्षा बढ्नु हो। पानी पर्ने मात्रा बढेर जानु हो। यो एउटा चक्रीय प्रणाली हो। यस्तो भएन भने जीवन नै चल्दैन। पर्यावरण चक्र नै ठप्प हुन्छ। हरेक वर्ष मनसुन आउँछ। आउनुपर्छ। साता/पन्ध्र दिनको अघिपछि मनसुन सुरु हुन्छ। यो सामान्य नागरिकलाई पनि थाहा भएको विषय हो। वर्षाको पानीले पहाडमा पहिरो र तराईमा डुबान हरेक वर्ष हुने गरेका छन्। आज एक ठाउँ पीडित होला वा उही ठाउँमा दोहोरिएर अर्को वर्ष पनि संकट आउला, तर यो स्वाभाविक प्रक्रिया हो।

भारतीय तटबन्धका कारण डुबान

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरूले बाढीपीडितलाई राहत नपुगेको गुनासो गरेका छन्। समितिको आइतबारको बैठकमा राजपाका सांसद राजकिशोर यादवले सरकारले पूर्वतयारी नगर्दा बर्सेनी तराईमा बाढीबाट जनधनको ठूलो क्षति हुने गरेको बताए। सिराहामा कच्ची घर हुने चौरमा र पक्की घर हुने छतमा बसेर राहतको पर्खाइमा रहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्