६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रहरी संलग्नतामै बाहिरीयो प्रश्न पत्र, सिरहावाट आउट, सप्तरीवाट वितरित

परीक्षा अगावै प्रश्न पत्र वाहिरिए पछि स्थगित भएको प्रदेश–२ को एसइई परीक्षा शुक्रवारवाट पुनः सुचारु हुँदै छन्। यता परीक्षा पुनः सुचारु हुनु अगावै प्रहरीले प्रश्न पत्र प्रकरणका अभियुक्तहरुलाई पक्राउ गरी विहिवार सार्वजनिक गरेका छन्। प्रश्न पत्रको गोपनियता र सुरक्षाको पुर्ण जिम्मेवारी प्रहरी माथि नै रहेका कारण प्रश्न पत्र वाहिरिए पछि प्रहरी माथि ठुलो प्रश्न तेर्सिएको थियो भने अर्को तिर प्रदेश–२का झण्डै ७० हजार बढी बालबालिका समेत आन्दोलित रहेको अवस्था थियो।

आफू पास हुने चक्करमा प्रहरी जवानले यसरी लिक गरे एसइई प्रश्नपत्र, ६ जना पक्राउ

प्रश्नपत्रको गोपनियता तथा सुरक्षाको जिम्मा रहेको प्रहरीवाटै एसइई परीक्षाको प्रश्न पत्र लिक भएको अन्ततः प्रहरी अनुसन्धानले नै पुष्टि गरेको छ। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२को एसइई परीक्षा स्थगित छ। परीक्षा स्थगित भएपछि प्रदेशका झण्डै ७० हजार बालबालिका आन्दोलनमा होमिएका थिए।

कसरी बाहिरियो प्रश्नपत्र ?

यतिबेला मुलुकभर एसइई परीक्षाको चटारो छ। देशका ७७ जिल्लामा कायम गरिएका १ हजार ९ सय ६९ परीक्षा केन्द्रमार्फत ४ लाख ७५ हजार ३ विद्यार्थी एसइई परीक्षामा सहभागी भइरहेका छन्। पहिले विकास क्षेत्रअन्तर्गत प्रश्नपत्र हुने गरेकामा मुलुक संघीयतामा प्रवेश गरेसँगै पहिलोपटक यस वर्षदेखि एसइईको प्रश्न प्रदेशगत रूपमा अलग–अलग बनाइएका छन्। सात प्रदेशमा सात किसिमका प्रश्नपत्र पठाइएका छन्।

एसईईको भोलिको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग

प्रदेश नम्बर २ को शिक्षा विभागले प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र सुरक्षित रहेको बताएको छ। परीक्षा तालिका अनुसार भोलि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुँदैछ।

यसरी बाहिरिएको थियो प्रश्नपत्र

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएपछि परीक्षार्थीलाई फर्काइएको छ। बिहान ७ बजेबाट नै परिक्षा केन्द्रमा उपस्थित परीक्षार्थीहरूलाई बिहान ८ बजे प्रश्नपत्र आउट भएको भन्दै घर फर्काइएको हो।

एकपछि अर्को एसइईको प्रश्नपत्र बाहिरिँदै, नियमिततर्फको परीक्षा स्थगित

प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र पहिल्यै बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ। एसइई अन्तर्गत आज शुक्रबार हुने उक्त अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र आउट भएपछि नियमिततर्फको परीक्षा स्थगित भएको हो।

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

आफ्नो परीक्षा केन्द्र भूलेर अर्को परीक्षा केन्द्रमा पुगेका ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ३ सिकैचाका १६ जना विद्यार्थीलाई इमेलबाट प्रश्नपत्र पठाई माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षा दिन लगाइएको छ। सदरमुकाम ताप्लेजुङबाट प्रश्नपत्र इमेल गरेर पठाई परीक्षा गराइएको हो।

केपी, सिके, पिके : स्वतन्त्रताको प्रश्न

यो साता नेपाली राजनीति अकस्मात र नाटकीय ढंगले तरंगित हुन पुगेको छ । केही वर्षयता स्वतन्त्र नेपालबाट स्वतन्त्र मधेसका परिकल्पनाकार, प्रस्तावक र अभियन्ता चन्द्रकान्त राउतसँग अत्यन्त नाटकीय शैलीमा राष्ट्रवादी  दाबी गर्ने साम्यवादी सरकारले गरेको संझौता तरंगको कारण हो।

पेचिला प्रश्नमा गरमागरम बहस

राजनीति, मिडिया, अर्थनीति , समाजशास्त्र तथा कला र साहित्य क्षेत्रका पेचिला प्रश्नहरूमा गरमागरम बहस गर्दै ‘कला साहित्य उत्सव’को चौथो संस्करण सोमबार सकिएको छ।

‘खानेपानीको समस्या समाधानका लागि काम गरिरहेका छौं’

नगरकोट पर्यटक आकर्षण केन्द्रको रूपमा छ। यसकारण पर्यटन क्षेत्र भएको पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता देख्छु। यसमा नगरपालिकाको ध्यान पुगेको छ। यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने मेरो व्यक्तिगत विचार हो।

संसदमा अनुत्तरित नै रहे यी प्रश्न

प्रतिनिधिसभाको १६ गते बिहीबार(आज) बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। पर्यटनमन्त्रीसँग ३ जना सांसदले मौखिक प्रश्न सोध्नका लागि नाम टिपाएका थिए।

‘कालिघाट–झौखेल सडक कालोपत्रे गरेका छौं’

हामीले २०७४ जेठ १९ गते पदबहाली गरेका थियौं। पदबहाली गर्नेबित्तिकै वडा स्वास्थ्य क्लिनिक खोल्ने निर्णय गर्यौं। त्यो कार्य पूरा गरेका छौं। त्यसपछि भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलको सिमाना छुटाउने कालिघाटदेखि झौखेलसम्मको मुख्य सडकमा कालोपत्रे गर्न सघायौं।

प्रतिनिधिसभा बैठकमा खानेपानी मन्त्रीसँग प्रश्नोत्तर

संघीय संसदको शुक्रबार दिउँसो बस्न लागेको प्रतिनिधिसभा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग प्रश्नोत्तरको कार्यतालिका रहेको छ।

एसइईमा प्रदेशपिच्छे फरकफरक प्रश्नपत्र

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौं (संशोधन) ले गरेको व्यवस्थाबमोजिम एसइई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको छ भने प्रश्नपत्र प्रदेशपिच्छे फरकफरक हुने छन्। एसइईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन्। परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र ग्रेडवृद्धिका लागि ५० विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

गृहमन्त्रीलाई प्रश्नः निर्मलाका हत्यारा बालुवाटार र सिंहदरवारमा छन्, कहिले कारवाही हुन्छ?

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरण लगायतका गम्भीर खालका अपराध अनुसन्धान प्रक्रियामा रहेको बताएका छन्। प्रहरीले ९६ प्रतिशत घटनामा सफलता पाएको भन्ने मन्त्री थापाको जवाफमा सांसद मिनेन्द्र रिजालले कटाक्ष गर्दै प्रश्न गरेका थिए, ‘चार प्रतिशत असफता पनि सफलता हो कि?’ मन्त्री थापा र सांसद बीच भएको प्रश्नोत्तरको सम्पादित अंशः

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्