६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘हामीले काम गर्ने जिम्मेवारी नै पाएनौं’

स्थानीय निकाय २० वर्षसम्म जनप्रतिनिधीविहीन रह्यो। लामो समय जनप्रतिनिधी नहुँदा स्थानीय तह अस्तव्यस्त भयो। हामी निर्वाचित भएर आएको पहिलो वर्ष धेरै काम गर्न सकेनौं। नगरपालिका तथा वडा कार्यालयमा नगरकार्यपालिकाको सदस्यको जिम्मेवारी धेरै छैन। हामीलाई काम गर्ने धेरै इच्छा र चाहना छ। तर, जिम्मेवारी नपाउँदा काम गर्नै सकेका छैनौं। नगरकार्यपालिकाको बैठकमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आइरहेका छौं। जनताले पाएका पीरमर्कालाई नगर कार्यपालिकाको बैठकमा उठाउँदै आइरहेका छौं।

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

संघीय संसदको प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यतालिका रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

एउटा प्रश्न

‘अशोक ! हाम्रो बिहे भएको १० वर्ष भइसक्यो, अझै तिमीलाई छोराहरूलाईझैं ख्याल राख्नु पर्छ।’ अफिस जान हतार भएर होला, अशोक केही नबोली हतारहतार बाहिर निस्कियो। स्मिताले बल्ल आरामसँग बिहानको चिया पिउने मौका पाएकी थिइन्। बिहेको पाँच वर्षसम्म उनीहरूको सन्तान भएको थिएन। उनी सम्झिन्थिन्–त्यतिबेला लोग्ने–स्वास्नी भएर सधै सँगै चिया पिउने गर्दथे।

पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको भन्दै विद्यार्थीद्वारा तोडफोड

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आइतबार भएको भौतिक शास्त्र स्नातकोत्तर विषयको आंशिकतर्फका परीक्षार्थीहरु पाठ्यक्रमभन्दा बाहिरका प्रश्न सोधिएको भन्दै परीक्षा बहिष्कार गरेका छन्।

कांङ्ग्रेस सशक्त ढंगले प्रस्तुत हुने

भोलि बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। मंगलवार बसेको नेका संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएमा भोलिको बैठक पनि अवरुद्ध पार्ने निर्णय गरेको छ।

प्रश्नपत्रमा त्रुटि भएकोमा आपत्ति

राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार सञ्चालित कक्षा ११ को अनिवार्य नेपाली विषयको ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्रमा अक्षम्य र आपत्तिजनक त्रुटि रहेको भन्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ ।

सरकार गठनकाे ९ महिना पुग्दा प्रतिपक्षी काँग्रेसकाे प्रश्नः सरकार छ र ?

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वमा दुईतिहाइको सरकार गठन भएको ९ महिना अवधि पूरा भएकैबेला नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रश्न गरेको छ, ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ?’

प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध

खोटाङमा प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित हेमगंगा आधारभुत बिद्यालयमा राहत कोटामा शिक्षक नियुक्तीका लागि सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र बाहिरिएको आक्षेप लागेपछि शिक्षक छनौट समितिले परीक्षा रद्ध गरेको हो।

सिआइबी अनुसन्धानमाथि प्रश्न

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ।

संवैधानिक परिषद्माथि प्रश्न

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले गरेको अस्वीकृतिले प्रस्तावक संवैधानिक परिषद्प्रति पनि नैतिक प्रश्न खडा गरेको छ।

सभामुखको भूमिकामाथि काँग्रेसले उठायो प्रश्न, थप छलफल गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ। काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।

प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसद्वारा संसद बैठक बहिष्कार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ।

सांसदबाट प्रश्नको ओइरो

संसदीय सुनुवाइ समितिका सदस्यले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको प्रमाणपत्र नम्बरदेखि अन्तरिम आदेश, जनगुनासो, सर्वोच्च अदालतमा हुने बिचौलियाको चलखेलसम्मका विषयमा प्रश्न उठाएका छन्।

दाहालको प्रश्न : कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् ? (भिडियाे)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनशनरत गोविन्द केसीको जीवनरक्षाको लागि जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्।

गगन थापाको प्रश्न : प्रधानमन्त्री ज्यू! तपाईको ज्ञानको स्रोत के हो ? (भिडियाे)

नेपाली कांग्रेसका नेता गगन थापाले १० वर्षसम्म काठमाडौंमा जति मेडिकल कलेज खोलेपनि हुन्छ र नेपाललाई मेडिकल हब बनाउनुपर्छ भन्ने ज्ञानको स्रोत के हो भनी प्रश्न गरेका छन्। आज बानेश्वरमा डा गोविन्द केसी बचाउ अभियानले आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीसँग यस्तो प्रश्न गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्