१० मंसिर २०८१ सोमबार
image/svg+xml

गाउँमा खानेपानी पुगेपछि खसी काटेर भोज

मेयर प्रसाईंले झोल माग्दा एक महिलाले भनिन्र, ‘ए झोल त अब जति खाए पनि भाे, पहिला पो निकै टाढाबाट ओसारेको पानी हुनाले प्रायः तरकारीमा झोल हाल्नै लोभ लाग्थ्यो, अब त निर्धक्कसँग झोल हाल्न पाउने भएका छौं।’

मेलम्चीको गिटी, बालुवा सप्लायर्सलाई भुक्तानी हुने

मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई गिटी, बालुवा आपूर्ति गरेका व्यवसायीको बक्यौता रकम भुक्तानी गर्ने निर्णय गरेको छ।

असारमा मेलम्ची भित्र्याउने योजनाप्रति आयोजना प्रमुखकै शंका

बहुचर्चित मेलम्ची खानेपानी आयोजना तोकिए कै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्त गरेका छन्

महानगरभित्रका सबै पाइपलाइन फेर्ने तयारी

पाँच अर्ब बढी लागतको ढल, नाला तथा सडक निर्माण परियोजना सकिने चरणमा पुगेसँगै विराटनगर महानगरपालिकाले अर्को ठूलो परियोजना सञ्चालनको तयारी थालेको छ।

एक पटकमा एक मात्र गाग्रो पानी

सामान्यतः खानेपानीका जुनसुकै धाराबाट चाहिएको मात्रामा पानी भर्न सकिन्छ। तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार गाउँको कुरा भने बेग्लै छ। साविक च्यास्मिटार–५ को चिलाउनेबोटेमा रहेको धारामा एकजनाले एक पटकमा एक गाग्रीमात्र पानी भर्न पाउँछन्।

नौकुण्डका दुई वडामा ‘एक घर एक धारा’

नौकुण्ड गाउँपालिकाको वडा नम्बर ३ र ४ मा भूकम्पले क्षति पु-याएका तीनवटा खानेपानी आयोजनाको पुनर्निर्माणपछि ‘एक घर एक धारा निर्माण’ कार्यक्रम सफल भएको छ।

खानेपानी उपभोक्ता समिति बिना पूर्वाधारको विकास असम्भव: मन्त्री मगर

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताएकी छिन्।

खानेपानी योजनाले गाउँलेबीच मेलमिलाप

जिल्लाको सुनकोसी गाउँपालिका–५ सुनखानी घिसिङ टोलमा सञ्चालनमा आएको पक्की संरचनासहितको खानेपानी योजनाले स्थानीयबीच बलियो एकता बनाएको छ।

पानी भर्नुपर्ने बाध्यताले विद्यालय जाँदैनन् बालबालिका

चाँदनी बुढा उमेरले ९ वर्षकी भइन। उनी बलभद्र निम्न माद्यामिक विद्यालय रसि माझ गाउँमा कक्षा ६ मा पढ्छिन। तर प्रत्येक सोमबार उनी विद्यालयमा गएर पनि कक्षा कोठामा पढ्न पाउँदिनन्। सदाझै सोमबार हुने पढाईलाई थाती राखेर भएपनि  खानेपानीको लागि लाइनमा बस्नुपर्ने बाध्यता उनीमा छ। हप्तामा एक दिन पानी भर्ने पालो आउँछ।

समय एक महिना, काम ८० प्रतिशत बाँकी

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी ल्याउन सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको समय सकिन अब एक महिना बाँकी छ। तर अहिलेसम्म २० प्रतिशत मात्रै काम भएको छ।

२० गतेदेखि खानेपानीको मुल्य घट्ने

खानेपानीकाे मुल्य घट्ने भएको छ। दैनिक उपभोग्य सामानमा मुल्य वृद्धि भइरहेको बेला गण्डकी प्रदेशमा मंसिर २० गतेदेखि लागु हुने गरी प्रशोधित पिउने पानीको मुल्य घट्ने भएको हो।

मेलम्चीको २९ वर्षः १९ प्रधानमन्त्री र २४ मन्त्री, आउला त यसै वर्ष ?

काठमाडौंलाई दैनिक ३५ करोड लिटर भन्दा बढी पानी आवश्यक छ। उपत्यकाको शहरी क्षेत्रमा स्थायी तथा अस्थायी गरी करिब ३५ लाख भन्दा बढी जनसंख्या बसोवास गर्ने गर्छन्। तर यो जनसंख्याले मन फुकाएर पानी प्रयोग गर्न पाउने अवस्था छैन। अहिले पनि काठमाडौँ उपत्यकामा ४५ प्रतिशत पानीको आपूर्ति भूमिगत स्रोतबाट हुने गरेको पाइन्छ। वहुप्रतिक्षित मेलम्चीको पानीले आफ्नो तिर्खा मेटाउने काकाकूल काठमाडौंवासीको सपना, एक अधुरो कथा जस्तै बनेको छ।

असारसम्ममा मेलम्ची पानी : संसदीय समिति

संसद्को विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्दै आउँदो असारसम्म त्यहाँको पानी उपत्यकामा खसाल्न ठेकेदार र आयोजनालाई निर्देशन दिएको छ।

खानेपानीको काम ९० प्रतिशत पूरा

विदुर नगरवासीलाई स्वच्छ पानी खुवाउने लक्ष्यसहित निर्माण भइरहेको विदुर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम ९० प्रतिशत सकिएको छ। जिल्ला प्रशासन कार्यालयमा विदुर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको कार्यान्वयनसम्बन्धी सहजीकरण बैठकमा उक्त जानकारी गराइएको हो।

एकसय पन्ध्र परिवारका लागि एउटै धारा

त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो। स्थानीय सिमखोलाको पानी खाइ रहेका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित बनेका छन्। स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लागिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्