१० मंसिर २०८१ सोमबार
image/svg+xml

खानेपानी पाइप मर्मतका लागि सेना परिचालन

बागलुङ बजारमा वितरण भइरहेको खानेपानी पहिरोका कारण अनियमित भएपछि सेनाको सहयोगमा मर्मत कार्य सुरु गरिएको छ। गत असोजको वर्षाले बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिराले बागलुङ बजारमा आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको आपूर्ति नियमित हुन सकेको छैन।

मेलम्ची खानेपानीको पाँच प्रतिशत काम बाँकी, माघभित्र काठमाडौंमा

मेलम्ची खानेपानी आयोजनाको ९५ प्रतिशत काम सकिएर आउँदो दुई तीन महिनामा सत प्रतिशत काम सकिने बताएका छन्, मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले। उनका अनुसार अबको तीन महिना भित्र मेलम्चीको सम्पूर्ण काम सकिने भएको छ।

आठौं पटक म्याद थपियो, पानी आउने छाँट छैन

चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्यसहित थालिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण कार्य साढे ६ वर्ष पुग्नै आँट्दासमेत पूरा हुन सकेको छैन।

झुम्सा खानेपानी आयोजना २४ वर्षदेखि अलपत्र

एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ ? तर, बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन।

मेलम्ची खानेपानीको ‘हेडवक्स’ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई

मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवक्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

अबको एक वर्षभित्र मेलम्चीको पानी ल्याउँछौं, देशलाई छिट्टै भिखमंगामुक्त बनाउँछुः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाएका हुन्।

लायन्सद्वारा खानेपानी ट्याङ्की हस्तान्तरण

पोखरा महानगरपालिका–१५ फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा शुद्ध खानेपानी सहितको ट्याङ्की हस्तान्तरण गरिएको छ।

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन्। उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। उनकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन्।

मेलम्चीमा निषेधाज्ञा समय छल्दै आन्दोलन चर्काउँदै

स्थानीय प्रशासनले मेलम्ची खानेपानी आयोजनास्थलमा निषेधाज्ञा जारी गरे पनि पूर्वठेकेदार इटालीयन कम्पनी पीडित मजदुर र आपूर्तिकर्ताले आन्दोलन चर्काउँन छाडेका छैनन्। निषेधित समय छल्दै उनीहरुले आन्दोलन जारी राखेका छन्।

२१ करोडको खानेपानी आयोजना शिलान्यास

फिदिम नगरपालिका ९ र फाल्गुनन्द गाँउपालिका १ का बासिन्दा आयोजना बनेपछि लाभान्वीत हुने छन्। १० दशमलव ५६ किलोमीटर लामो मुख्य प्रशासरण लाईनबाट खोलाको पानी बस्तीसम्म ल्याइने छ।

मेलम्ची आयोजना क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

मन्त्री मगरको आश्वासन- 'मेलम्ची पीडितको मर्का बुझेका छाैं, भुक्तानीको निकास निकाल्छौं'

खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको पूर्वठेकेदार इटालीयन कम्पनी सिएमसीले उपठेकेदार, आपूर्तिकर्ता र मजदुरलाई बक्यौता भूक्तानी नदिएको विषयमा बिधिसम्मत ढंगले समाधान खोजिने बताएकी छिन्। समस्या समाधान गर्ने विकल्प छोडेर आयोजनाविरुद्ध आन्दोलन गर्न नहुने उनले बताइन्।

खानेपानीलाई आयआर्जनको माध्यमका रुपमा विकास गर्न जोड

खानेपानीलाई आयआर्जनको माध्यमका रुपमा विकास गर्न सांसदले आग्रह गर्दै खानेपानीको पहुँचलाई विस्तार गर्न सुझाव दिएका छन्।

मेलम्ची पीडित आन्दोलनकारीमाथि गोली प्रहार

भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बूको अम्बाथानमा आन्दोलत कामदार र आपूर्तीकर्तामाथि सुरक्षाकर्मीले रबरको गोली र अश्रुगयास प्रहार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्