१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नौकुण्डका दुई वडामा ‘एक घर एक धारा’

रसुवा – नौकुण्ड गाउँपालिकाको वडा नम्बर ३ र ४ मा भूकम्पले क्षति पु-याएका तीनवटा खानेपानी आयोजनाको पुनर्निर्माणपछि ‘एक घर एक धारा निर्माण’ कार्यक्रम सफल भएको छ। यसका लागि ६५ लाख ९८ हजार ३ सय ३९ रुपैयाँ खर्च भएको छ। भूकम्पले आयोजनामा क्षति पु-याएपछि आधा घण्टासम्म हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेकोमा अहिले त्यो समस्या हटेको पक्युङ देउराली डाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानबहादुर ग्याबाले बताए।

मानेकार सोसाइटी नेपालले आयोजनाको पुनर्निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ। सो संस्थाका कार्यकारी निर्देशक आङछिरिङ तामाङका अनुसार आयोजनाको पुनर्निर्माण गरेर १ सय २३ घरमा धारा निर्माण गरिएको छ। गाउँपालिकाको देउराली डाँडा, दनुस्वारा र गाई खर्कमा तीनवटा आयोजना निर्माण गरिएको हो। ‘खानेपानी, सरसफाइ तथा स्वच्छता पूर्वाधार पुनर्निर्माण (तेस्रो चरण) पूर्णिमा कार्यक्रम– भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारको सहयोग’ परियोजनाअन्तर्गत ती आयोजना पूरा भएका छन्। बेलायत सरकार र मट म्याक डोनाल्डको आर्थिक सहयोगमा केएर नेपाल, डिसिए र सेभ द चिल्ड्रेनको सहयोगमा संस्थाले आयोजनाको पुनर्निर्माण गरेको हो।

प्रकाशित: ३ पुस २०७६ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App