२३ वैशाख २०८१ आइतबार
image/svg+xml

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

शुक्रवार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन्।

कागबेनी बाढी: झन्डै एक अर्ब रुपैयाँ बराबरको क्षति

गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौंको भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह

मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्‍याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ।

मेलम्चीको बाढीले हेलम्बुको ग्याल्थुममा विद्यालय भवन बगायो

मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा एक विद्यालय बगाएको छ। हेलम्बु गाउँपालिका-४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन गएराति बाढीले बगाएको हो।

विद्यालयमा बाढी पस्याे, पठनपाठन बन्द

जुम्लाको तिला गाउँपालिका-६ रुखेडास्थित देवीमहादेव माविको भवनभित्र बाढी पस्दा विद्यालय भवनमा क्षति पुग्नुका साथै पठनपाठनका सामग्रीहरु पुरिएका छन् ।

हेलम्बु मेलम्चीमा बाढी: मेलम्ची–हेलम्बु सडक अवरुद्ध

अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ।

बाढीले बिथोलेको कपन

हरेक वर्खामा कपनमा भेलको समस्या आउँथ्यो तर यसपटक कपनलाई बाढीले बिथोलेको छ। काठमाडौं महानगरले चकुन्चा खोला खोतलेपछि यहाँका सर्वसाधारण थप सास्तीमा परेका छन्।

मौसम र बाढीपहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौं: मन्त्री बस्नेत

सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ।

पुल बगाएपछि जनजीवन कष्टकर

टेम्केमैयुङ गाउँपालिका-९ स्थित राउतेखोलाको झोलुङे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।

मुस्ताङकाे बाढीमा पुरिएको डेढ करोड फेला

मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ। आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो।

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनः निर्माण थालियो

गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ।

कागबेनीमा एकजुट सहयोगी मनहरु

प्राकृतिक विपद्को मारमा परेको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा पर्ने कागबेनी यतिबेला पीडामा छ। पीडामा रहेको कागबेनीलाई उठाउनका लागि अहिले सिंगो जिल्ला दिनरात नभनि खटेको छ। सरकारी कार्यालयदेखि निजी क्षेत्रका कर्मचारी, स्थानीयबासि, गाउँले, आसपासका गाउँका बासिन्दा अहिले कागबेनीलाई पहिलेकै स्वरुपमा फर्काउने पहलमा जुटेका छन्। जिल्लाभित्रका मात्र नभई बाहिरबाट गएर बसेका नागरिक पनि अहिले कागबेनीलाई उठाउने प्रणमा छन्।

कागबेनीमा पठनपाठन बन्द

बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्