१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

शुक्रवार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन्।

उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ।टाइफुन हाइकुई र मनसुनले बिहीबार देखी पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ। 

जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ। प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ शहरमा बढी जोखिम रहेको बताएको छ । सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरूमा विद्यालयसमेत बन्द गरिएको छ । त्यस्तै ४७ रेल सेवाहरू अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरू, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ।

प्रकाशित: २४ भाद्र २०८० ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App