६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मेलम्चीको बाढीले हेलम्बुको ग्याल्थुममा विद्यालय भवन बगायो

मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा एक विद्यालय बगाएको छ। हेलम्बु गाउँपालिका-४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन गएराति बाढीले बगाएको हो।  

बिहिबारदेखि नै बाढीले विद्यालय क्षेत्रमा कटान सुरु गरेको थियो। निरन्तर वर्षाका कारण विद्यालयको शौचालय शुक्रबारै बाढीले बगाएको थियो।  

विद्यालयको एक भवन शुक्रबार रातिको बाढीले बगाएको र अर्को चार कोठे भवन पनि उच्च जोखिममा हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्।  

बाढीको जोखिम बढ्दै गएपछि विद्यालय बन्द गरी डेस्क बेञ्चलगायतका सामान हिजै विहान प्रहरी र जनप्रतिनिधि मिलेर हटाएका थिए। अहिले पनि पानी पर्न नरोकिएकाले थप क्षति हुनसक्ने खतरा देखिएको छ। विद्यालयसँगै रहेका अरु चार घर पनि जोखिममा छन् ।

प्रकाशित: ९ भाद्र २०८० ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App