१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

क्षतिग्रस्त झोलुङ्गे पुल वर्षदिन बित्दा पनि मर्मत हुन सकेन

राप्तीको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

तटबन्ध निर्माणपछि बस्ती जोखिममुक्त

व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त क्षेत्र जोखिममुक्त बनेको छ।

सोमालियामा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ।

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए।

कागबेनीका बाढी प्रभावितको सहयोगका लागि करिब ८० लाख सङ्कलन

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ ।

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली

भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कबिहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्।

कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ।

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।

बाढीले बगाउँदा भैँसी चराउन गएका एक बेपत्ता

वर्षासँगै आएको बाढीले हुम्लाकमे अदानचुली गाउँपालिका ३ काठेसेराका रवी भियाल बेपत्ता भएका छन्।आज विहान ६ बजेतिर आएको बाढीले घर नजिकै भैँसी चराइरहेका भियाल बेपत्ता भएको प्रहरीले जनाएको छ।

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी आएको थियो। जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो।

लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ।

लिबियामा मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्न सक्ने, मानवीय सहयोग आह्वान

लिबियामा डेनियल आँधीसँगै परेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्न सक्ने अनुमान गरिएको छ।

कागबेनी बाढी: कागखोलालाई पुरानै धारमा बगाइँदै (फोटोसहित)

झन्डै एकमहिना अघि बाढीको चपेटामा परेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजार र कागबेनी बस्ती हुँदै बगेको कागखोलालाई पुरानै स्वरुपमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन्।

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

शुक्रवार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्