गण्डकी प्रदेश: निरन्तरको घामपानीले डेंगी संक्रमण थामिएन
गण्डकी प्रदेशमा डेंगी संक्रमितको संख्या ७ हजार ४ सय ८९ पुगेको छ। पछिल्लो दुइदिनको अवधिमा मात्र प्रदेशमा १७ सय ७० जना डेंगी संक्रमित थपिएका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय तनहुँमा डेंगी संक्रमितको संख्या निकै नै बढेको छ। निरन्तरजसो पानी पर्दा प्रदेशमा डेंगी फैलाउन सघाउ पुगेको प्रदेश सरकारको भनाई छ।