१३ कार्तिक २०८१ मंगलबार
image/svg+xml

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ३८ जनाको पीसीआर परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना बिर्साउने दसैं बजार

पोहोरको दसैंताका कोरोना संक्रमण केही कम भए पनि अहिलेजस्तो निष्फिक्री यात्रा भने भएन। कोरोना त्रासले गर्दा सकेसम्म भेटघाट गर्न नपरोस् भन्ने र भिडबाट टाढा हुन खोज्ने धेरै भए।

नेपालमा डेंगुबाट एकैदिन ४ जनाको मृत्यु

मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १८ जनाको पीसीआर परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डेंगी नियन्त्रणमा सरकार उदासीन

नेपालमा साउनदेखि सुरु भएको डेंगी संक्रमण दुई महिना बितिसक्दा पनि नियन्त्रण हुन नसकेको विज्ञहरूले औंल्याएका छन्।

पर्यटकीय सिजनः सोधपुछ भयो, बुकिङ आएन

कोरोना भाइरस संक्रमणले लामो समय पर्यटन व्यवसाय थलियो। करिब दुई वर्ष व्यवसायीले सेतो अनुहार (विदेशी पाहुना) देख्नै पाएनन्।

यातायात सञ्चालनमा अवरोध नगर्न ताप्लेजुङका यातायात व्यवसायीको अपिल

जारी विज्ञप्तिमा विगतदेखि नै दशैंसहित नेपालीहरुका महान पर्वका बेला पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने भएकोले आउने तीर्थालुका लागि आफूहरुले यातायातका साधनहरुको पर्याप्त व्यवस्था गर्दै आएको स्मरण गर्दै यसपटक पनि तीर्थालुका लागि यातायातका साधनको व्यवस्था भएको उल्लेख गरिएको छ।

डेंगी संक्रमणको जोखिम थप डेढ महिना

गत साउनदेखि सुरु भएको डेंगी संक्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना संक्रमण जोखिम रहने विज्ञहरूले औंल्याएका छन्।

खाद्यले दसैंमा दुई हजार खसीबोका किन्ने, च्याङ्ग्राबारे टुंगो छैन

कोरोना भाइरस संक्रमण सुरु भएपछि कोरला नाकामा मेला लागेको छैन। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिकाको सीमामा पर्ने कोरलामा कोरोना संक्रमण सुरु भएपछि मेला रोकिएको थियो।

पुरानै लयमा फर्कदै दुर्गमका विद्यालय

‘गत फागुनमा विद्यालय नियमित भए। त्यस यता पाँच महिनासम्म लगातार विद्यालय सञ्चालन गरेपछि बल्ल भर्ना भएका विद्यार्थी संख्याको ८० देखि ९० प्रतिसत सहभागी हुन थालेका छन्। शिक्षक शाहीले भने ‘आफ्नो हिउँदमा विदा हुने भएकाले वर्षे विदा हुँदैन। त्यसैले पनि विद्यालय लगातार सञ्चालन भएपनि साउनको अन्तिम सातादेखि कोरोना पूर्वको जस्तै विद्यालयमा पठनपाठन र विद्यार्थीको सहभागीता पनि हुन थालेको छ। कोरोनाका कारणले विद्यार्थीले दैनिक नृत्यकर्मदेखि शैक्षिक अभ्यास पनि बिर्सेका थिए।’

७४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

विज्ञ भन्छन्: डेंगी संक्रमण फैलाउन मौसमले साथ दियो

राजधानी काठमाडौं र तराईका जिल्लामा डेंगीले तिब्रगति लिईरहँदा गण्डकी प्रदेशमा भने केहीदिन अघिसम्म यो गति सुस्त थियो। तर, पछिल्लो समय गण्डकीका विभिन्न जिल्लामा डेंगीको संक्रमण ह्वात्तै बढेको छ। हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगीका बिरामी रहेको गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

एक हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका खुला

नाका खुलेसँगै रसुवाबाट बिहान सात ठूला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए। तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्