१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

संक्रमित युवकको परिवार क्वारेन्टाइनमा

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतीपुरका कोरोना भाइरस संक्रमित युवकको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। युवकमा संक्रमण भएको पुष्टि भएपछि स्थानीय प्रशासनले युवकका बुवा, आमा, भाउजू र बहिनीसहित १२ जनालाई तत्काल सोमवार राति नै क्वारेन्टाइनमा ल्याएर राखेको ईशनाथ नगरपालिकाको स्वास्थय शाखा प्रमुख इशारजुल खानले जानकारी गराएका छन्।

दुधकोसीमा डुबेर युवकको मृत्यु

दुधकोसीमा डुबेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा खर्कबारीका १५ वर्षीय सविन राईको मृत्यु भएको छ। माछा मार्न तन्ने जाल थाप्नेक्रममा सोही जालमा बेरिएर नदीमा डुब्दा राईको आइतबार मृत्यु भएको हो।

सिङफ्रिङ क्वारेन्टाइनबाट भागे युवक

इलामको सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन्। इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका–३, सुलुबुङका सरोज अधिकारी भागेका हुन्।

नदीमा बगेर एक युवक बेपत्ता

पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका–१० बुड्डाका २२ वर्षीय सौरभ चन्द बेपत्ता भएको प्रहरीले जनाएको छ। पिकनिक मनाउन साथीहरुसँग गएका युवक पौडी खेल्न भनि महाकाली नदी गएका र उनी बगेर बेपत्ता भएको स्थानीय उत्तम चन्दले बताए।

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

उदयपुरका एक युवाको माछा मार्ने क्रममा विद्युतीय झट्का (करेन्ट) लागेर मृत्यु भएको छ। बुधबार दिउँसो स्थानीय खोलाको एक दहमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा जिल्लाको त्रियुगा नगरपालिका २ खैजनपुरका २४ वर्षीय ज्योतिकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

बालिका बलात्कार आरोपमा युवक पक्राउ

उदयपुरमा बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। त्रियुगा नगरपालिका ८ शाहीखोला बगरटोलकी ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा त्रियुगा ९ उत्तराहीटोलका २२ वर्षीय उमेश सदा पक्राउ परेको प्रहरीले जनाएको छ।

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद र जरिवाना

कक्षा ७ मा पढ्ने १४ वर्षिया बालिकालाई जवरजस्ती करणी मुद्दामा बुद्धभूमि नगरपालिका–९ ईमिलियाका १८ वर्षिय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला भएको छ। सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई उक्त सजाय तोकेको हो।

बेपत्ता युवक सुनकोसीमा मृत फेला

खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानका २१ वर्षीय आशिष राई मृत फेला परेका छन्। गत फागुन ९ गते शिवरात्रिको दिन साथीहरुसँगै बराहपोखरी गाउँपालिका–५ पौवासेराको बंशिलाघाटमा रहेको झोलुंगे पुलतर्फ घुमफिर गर्न हिँडेका राई हप्ता दिनपछि मृत फेला परेका हुन्।

१२ दिनदेखि बेपत्ता युवक मृत भेटिए

१२ दिनदेखि बेपत्ता युवक मृत भेटिएका छन्। बडीमालिका नगरपालिका–८ मा पर्ने चल्यासैनका डाँडाको लेकमा खप्तड छेडेदह गाउँपालिका–१ काँडा घर भएका अन्दाजी ४५ वर्षीय गोरे विक मृत भेटिएका हुन्। विक १२ दिनदेखि बेपत्ता रहेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन्। उनको शव १३ औं दिनमा भेटिएको हो।

मुम्बईबाट फर्किएका युवक लेकमा मृत भेटिए

बडिमालिका र बुढीनन्दा नगरपालिकाको बीच क्षेत्र पर्ने पोरखे लेकमा एक युवक मृत भेटिएका छन्। बुढीनन्दा नगरपालिका-९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वार मृत भेटिएको शसस्त्र प्रहरी बल मार्तडीले बताएको छ।

भिरबाट लडेर घाईते युवकको उपचारको क्रममा मृत्यु

भिरबाट लडेर घाईते एक युवकको उपचारको क्रममा ज्यान गएको छ। गण्डकी गाउँपालिका १ का २३ वर्षिय मौसम थापाको उपचारको क्रममा बिहिवार गोरखा अस्पतालमा मृत्यू भएको प्रहरीले जनाएको छ। बुधवार माघे सक्रान्तीको अवसरमा सोही गाउँपालिकाको घैरुङमा गोरु जुधाएको हेरेर फर्कने क्रममा बतासे नजिकै भिरबाट उनी लडेका थिए। मृत्यूपछि शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ।

लागुऔषधसहित दुई युवक पक्राउ

सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–३ ठाढीबाट प्रहरीले लागुऔषधसहित बिहीबार दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सखुवानन्कारकट्टी गाउँपालिका ५ का २३ वर्षीय मोहम्मद अजिम र २४ वर्षीय मोहम्मद सहमत राईन छन्।

कुलपूजाका लागि घर आएका युवक मृत भेटिए

यहाँ एक युवक मृतावस्थामा फेला परेका छन्। गुल्मी, धुर्कोट गाउँपालिका–४ को जैसीथोक बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्