७ वैशाख २०८१ शुक्रबार
समाज

दुधकोसीमा डुबेर युवकको मृत्यु

खोटाङ– दुधकोसीमा डुबेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा खर्कबारीका १५ वर्षीय सविन राईको मृत्यु भएको छ। माछा मार्न तन्ने जाल थाप्नेक्रममा सोही जालमा बेरिएर नदीमा डुब्दा राईको आइतबार मृत्यु भएको हो। बिहान ११ बजेर ५५ मिनेटमा सोक्माटार जोड्ने झोलुंगे पुलभन्दा मुनिबाट नदीले बगाएका राईलाई करिब ६० मिटर तल तालले बेरेको अवस्थामा दिउँसो १ बजेर ३० मिनेटमा मृत फेला पारिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए।

बाहुनीडाँडाको झापामा मुल घर भए पनि हाल खर्कबारीमा बसिरहेका उनी जाल थाप्नेक्रममा जाल डुबेपछि निकाल्न लाग्दा जालमै बेरिएर निस्कन नसक्दा पानीमा डुबेको अनुमान गरिएको छ। सविन ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माबिमा कक्षा ९ मा अध्ययनरत थिए। उनका जेठो दाजु बृखाधन राई सिकिस्त बिरामी भएर सामुदायीक अस्पताल ओखलढुंगा पठाइएकै दिन सविनको नदीमा डुबेर ज्यान गएको वडाध्यक्ष राईले बताए।

प्रकाशित: ३० चैत्र २०७६ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App