र्याप ब्याटल प्रतियोगिता
र्याप संगीतको विकासका लागि नेपालमै पहिलोपटक प्रतियोगितात्मक ‘र्याप ब्याटल अफ नेपाल २०१९’ हुने भएको छ। शैक्षिक र मनोरञ्जनात्मक इभेन्ट गर्दै आइरहेको संस्था एएनपी मिडिया हाउसले प्रतियोगिता आयोजना गर्न लागेको हो।
र्याप संगीतको विकासका लागि नेपालमै पहिलोपटक प्रतियोगितात्मक ‘र्याप ब्याटल अफ नेपाल २०१९’ हुने भएको छ। शैक्षिक र मनोरञ्जनात्मक इभेन्ट गर्दै आइरहेको संस्था एएनपी मिडिया हाउसले प्रतियोगिता आयोजना गर्न लागेको हो।
रैथाने संगीत प्रवर्द्धनमा सक्रिय नेपाली सांगीतिक व्याण्ड ‘परम्परा’ले आउँदो साता अष्ट्रियामा मौलिक लोकधुन सुनाउने भएको छ। उसले मार्च २१ देखि २६ सम्म आयोजना हुने ‘वल्ड वुड डे’मा प्रस्तुति दिनेछ।
लामो समयपछि मार्तडी गीत संगीतमा झुमेको छ। बडिमालिका कला केन्द्रले आयोजक गरेको बडिमालिका साँस्कृतिक कार्यक्रममा कलाकारहरुले दिएका प्रस्तुतीमा दर्शकहरु खुलेरै रमाएका छन्।
पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘एकल डेउडा गायन’ कार्यक्रममा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीले शनिबार राष्ट्रिय नाचघरमा उपश्थित दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्।
मलाई सानैदेखि गीत–संगीत मनपर्ने। रेडियोबाट गीतको धुन बज्ने बित्तिकै यो गीत भनेर थाहा हुन्थ्यो। विशेषगरी रेडियो नेपालको फर्मायसी कार्यक्रम खुब सुन्थें। आफैंले पनि धेरै पटक फर्मायस गरियो। त्यसरी फर्मायसी पत्र रेडियो नेपाल पठाउने क्रममा त्यसमा बुबाको पनि नाम समावेश गरेको थिए“, पछि बुबाले पनि थाहा पाउनु भएछ। कराउनु भयो तब छोडियो।
सम्राट अकवरको दरवारमा संगीतकार तानसेन निकै शक्तिशाली थिए। राजालाई संगीत सुनाउने उनको दायित्व थियो। म्युजिकमा रुचि भएको राजप्रसादमा तानसेनको हैसियत उँचो हुने नै भयो। ९ शक्तिशाली भारदार समूहमा रहेकाले उनलाई मुगलको नवरत्न पनि भनिन्थ्यो। पटाड्गिनीमा तानसेनले एक साँझ राजालाई बाँसुरी सुनाइरहेका बखत टाढा जंगलमा मधुर सगीत गुञ्जियो।
हाम्रो समाजमा गायक/गायिकाको एकल गायन कार्यक्रम बरोबर भैरहन्छ। तर, संगीतकारको एकल साँझ आक्कलझुक्कल मात्रै आयोजना हुन्छ। एउटै मञ्चबाट छोटो समयमा एउटा प्रतिभाको क्षमता पस्कने राम्रो अबसर हो–एकल साँझ। त्यही क्षमता प्रदर्शन गरेर वाहवाहि कमाए संगीतकार मनराजा नकर्मीले पनि।
सुविधायुक्त ठाउँ नै सहर हो। सहरभित्र अनेक कलासंस्कृति र सभ्यता लुकेका हुन्छन्। सहरको जनघनत्व बढी भए पनि त्यहाँको प्रशासनले सहरका हरेक पक्षलाई चुस्त दुरुस्त राखेको हुन्छ।
अष्ट्रेलियामा बस्दै आएकी साहित्यकार संगीता स्वेच्छाले ‘गुलाफसँगको प्रेम’ नामक कथा संग्रह पाठकमाझ ल्याएकी छन् । संग्रहमा परदेशमा बसेका नेपालीको कथासँगै स्वदेशबाट विदेश गएपछि सांस्कृतिक, पेसा तथा जीवनमा आउने रूपान्तरणको चित्रलाई कथात्मक रूपमा समेटिएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा सिफारिस गरिएका १० कलाकर्मीले प्राज्ञ सभामा नजाने भन्दै बहिस्कारको घोषणा गरेका छन्। सरकारले प्रतिष्ठानका प्राज्ञ नियुक्तिको विधान मिचेर आफुखुशी नाम सिफारिस गरेकोमा असहमति जनाउँदै विधागत प्रतिनिधित्व नभएको सभामा नजाने घोषणा गरेका हुन्।
संगीतज्ञ अमरराज शर्मा राजोपाध्यायको नागरिक अभिनन्दन गरिएको छ। संगीतबाट देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याएको भन्दै उनलाई ‘जन संगीत स्रष्टा’को उपाधिसहित नागरिक अभिनन्दन गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा ऐन विपरित पदाधिकारी नियुक्त गरिएको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। कलाकारद्वय गेहेन्द्रमान अमात्य र नगेनसिंह ठकुरीले ललितकलामा सरकारले गरेको नियुक्ति उल्टो प्रक्रियाबाट भएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, संस्कृति तथा पर्यटन मन्त्रालय र मन्त्री तथा ललितकला प्रज्ञा प्रतिष्ठानमा हालै नियुक्त भएका कुलपतिसहितका पदाधिकारीलाई विपक्षी बनाइएको छ।
यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि संसोधन गरी सार्वजनिक सवारीसाधनमा गीत–संगीत बजाएबापत् रोयल्टी तिनुपर्ने व्यवस्था गर्यो। तर, कार्यविधि लागू भएको १० महिना बित्दा पनि कार्यान्वयन हुन सकेको छैन। व्यावसायीले गीतसंगीतको रोयल्टी बुझाउन आनाकानी गरेपछि स्रस्टा मारमा परेका छन्।
गत मंसिर १९ मा महाराजगञ्जस्थित स्वरसम्राट नारायणगोपाल निवासमा संगीतकर्मी, साहित्यकार र कला अनुरागीले उनको २८ औं स्मृति दिवस मनाइरहँदा त्यही भीडमा ढाका टोपी लगाएका एक अधवैशे व्यक्ति सामान यताउता सारिरहेका थिए। नारायणगोपाल संगीतकोषले आयोजना गरेको सम्मान कार्यक्रममा आएका निम्तालुको स्वागत सत्कारदेखी कार्यक्रम सकिएपछिको सामान मिलाउन तिनै व्यक्ति सक्रिय थिए।
बुद्धिकृष्ण लामिछानेले एउटा गीत गाए। पिँढीमा बसेर मेरै बाटो हेरेर…। रेडियो नेपालबाट गीत गुन्जियो। उनले यो गीत गाउँदा रेडियोको सुविधा अहिलेको जस्तो थिएन। गाउँ वा सहरमा सिमितरुपमा रेडियो थिए। अब लामिछानेको रेकर्डेड स्वर मात्र गुन्जने छ।