४ मंसिर २०८१ मंगलबार
image/svg+xml

पहिरोले घर पुरिएपछि जंगलको बीचमा त्रिपाल मुनि दुई परिवार

'दुई परिवारका १३ जना सदस्य उन्यु (घाँसको ओछयान) र ढुङ्गाको सिरानीको साहारामा भेडा बाख्रको बथान झै सुत्ने गरेका छु। सहारा दिने कोही छैन। गाउँ बस्ती आधा घण्टा भन्दा टाढा छ। स्थानीय सरकाले हाम्रो पिडा सुने कै छैन। सदरमुकाम चैनपुर जाँउ भने बाटो र पैसा दुबै छैन कसरी जाने हाम्रो पिडा सुन्ने कोही भएन। त्रिपालमा खाउ भने एक मुठि अन्न छैन। कसरी बाँचने थाहा छैन।'

नक्कली कागजात पेश गर्ने प्रहरी पक्राउ

उनले साउन ११ गते दिएको मोटरसाइकल सवारी चालक अनुमती पत्रको परीक्षाको (लिखित र मौखिक) प्रवेश पत्रमा यातायात व्यवस्था कार्यालय सुर्खेतका दुई जना कर्मचारीको किर्ते सही र कार्यालयको किर्ते छाप लगाइ उत्तीर्ण (पास) भएको बनाइ सवारी चालक अनुमती पत्र लिन आएको अवस्थामा शंका भएपछि प्रहरीले केरकार गरेका थिए।

कालीगण्डकीका ३ हजार ४ सय घरधुरीमा एक घर एक धारा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ।

तलाउमा डुबेर बालकको मृत्यु

जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए।

स्वास्थ्य चौकी भवन निर्माणमा लापरवाही

‘यसमा निर्माण कम्पनी, कम्पनीसंग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस विषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु। अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएको छ।’

पौडी खेल्ने क्रममा मृत्यु भएका बालकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा

खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका ६ वर्षीय बालकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।

स्वास्थ्य सेवा विस्तारका लागि दुई पक्षबीच सम्झौता हुने

महाबै सामुदायिक अस्पतालको एक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानका डा. राजिव शाह, डा. रमेश भट्टराइबीच भएको छलफलमा महाबै सामुदायिक अस्पताललाई स्तर वृद्धि गर्न विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता हुने भएको हो।

काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै

'मरेर गाडिएको पशुसमेतलाई परीक्षण गर्दा रेबिज पोजेटिभ देखियो, यसपछि मासु खाएका सबैलाई खोप लगाएका छौँ,' 'त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ,'

अपर अरुणबाट प्रभावित क्षेत्रवासीलाई प्रति राेपनी १० लाख मुआब्जा

एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढेको छ। उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी रु १० लाख निर्धारण गरिएको छ।

नाका खुलाई सीमा क्षेत्रका बासिन्दाको दैनिकी सहज बनाइदिन जिल्ला प्रशासन कार्यालयमा पत्रचार

गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लाबुङ लिम्बूले सीमावर्ती क्षेत्रका बासिन्दाको मुख्य उत्पादन पशुजन्य पदार्थ,गलैंचा,छूर्पी र जडिबुडी चीनको स्वशासित क्षेत्र तिब्बतको रिउतर्फ निर्यात हुन नपाएकोले त्यहाँ आर्थिक मन्दी फस्टाएको बताएका छन्।

ट्रेलरको ठक्करबाट जीपमा सवार दुई जनाको मृत्यु

जीपमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्र्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।

अझै परेन पानी, भएन रोपाइँ

बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ। सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन्।

आठराइ त्रिवेणीमा सात जना विद्यार्थीले पाए उच्च शिक्षा अध्ययनको छात्रवृति

गाउँपालिकाले पालिकाभरीका ७ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृतिको समेत व्यवस्था गरेको छ भने कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीको शुल्क आफूले व्यहोर्न थालेको छ। गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिका भित्र कक्षा ११ र १२ पढाई हुने तीनवटा विद्यालय रहेका छन्।

प्लाष्टिकको डोरी उत्पादन गर्ने नेपालकै पहिलो उद्योग सञ्चालनमा

‘भारतको पञ्जाबमा यस्तो डोरीको राम्रो माग छ’ उनले भने, ‘त्यहाँ निर्यात गर्ने बारेमा समेत कुरा भैरहेको छ।' उद्योगले प्लाष्टिकका बोरा उत्पादनको काम समेत थालेको छ।

तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए। उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्