२ मंसिर २०८१ आइतबार
image/svg+xml

एकीकृत बस्तीको निर्माण एक साताभित्रै पूरा गर्ने तयारी

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक साता भित्रमा अस्थायी एकीकृत आवास निर्माण कार्य पूरा गर्ने बताएको छ।

श्रमदानमार्फत गाउँ विकासमा जुटे लेखर्कवासी

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन्। बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन्।

दोलखामा पहिरोमा परी चार जना बेपत्ता, तीनको उद्धार

दोलखाको गौरीशंकर गाउँपालिका–७* मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्। बिहिबार साँझ गएको पहिरोमा परेर दुई घरका चार जना बेपत्ता भएको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए।

जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण

हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।

लालपुर्जा हातमा, छैन जग्गाको श्रेस्ता

उक्त गाउँका स्थानीयहरु विगत ४ दशक भन्दा बढी समय देखी पुर्जा विहीन भएका हुन्। अहिले यहाँ ३ सय ८० घरधुरी बसोबास गर्छन्। कुल ८१ बिघा क्षेत्रफलमा बसेको बस्तीका बासिन्दालाई तत्कालीन सरकारले २०५१ सालमा श्रेस्ता कायम नै नभएको लालपुर्जा बाँडेको थियो।

विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन्। विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेकमा हुन्।

एक युवकको हत्या, अर्का घाइते

सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका-७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका-१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।

बालकको उपचारका क्रममा मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको एक पोखरीमा डुबेका नाबालकको उपचारका क्रममा मृत्यु भएको छ।

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ।

छोरी जन्मनेबित्तिकै पाँच हजार खातामा

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मनेबित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ।

खुम्बुमा पर्यटकको सुरक्षाका लागि ‘ट्रेक कार्ड’

पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो। खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ‘ट्रेक कार्ड’ लागु गरेको छ।

भूमिहीनको न्यायको बाटाे

भूमिहीनलाई हाल उनीहरूले जोतभोग गरिरहेकोमा नघट्ने गरी नियमावलीको हदभित्र रहेर जमिन उपलब्ध गराउने विषयमा सबै पक्षको ध्यानाकर्षण हुन जरुरी छ।

विद्यालयले खरिद गरिएको शैक्षिक सामग्रीमा हिन्दी भाषा

जिल्लाको ताप्ली गाउँपालिका ४ स्थित आधारभूत विद्यालय थुम्की सिपल बजारमा खरिद गरी ल्याइएको शैक्षिक सामग्रीहरु सबै हिन्दी भाषामा लेखिएको छ।

‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो’

बाँके बैजनाथ गाउँपालिका-८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्