२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

खुम्बुमा पर्यटकको सुरक्षाका लागि ‘ट्रेक कार्ड’

पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो। खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ‘ट्रेक कार्ड’ लागु गरेको छ।

खुम्बु क्षेत्रमा आएका पर्यटकको सुरक्षा, व्यवस्थापन र पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले ‘ट्रेक कार्ड’ प्रयोगमा ल्याइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरीङ शेर्पाले बताए। ‘खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा र व्यवस्थापनको प्रत्याभूति गर्नु गाउँपालिकाको कर्तव्य हो’, अध्यक्ष शेर्पाले भने, ‘ट्रेक कार्डले पर्यटक सुरक्षित छन् भन्ने जानकारी लिन बिहान निस्किएको ठाउँ र बेलुका पुगेको ठाउँको ट्र्याक गर्छ।’

यो खुम्बु गाउँपालिका आफैंले तयार गरेको डिजिटल प्रणालीमा आधारित कार्ड हो। यसले खुम्बुक्षेत्रमा घुम्न पुगेका पर्यटकलाई ट्र्याक गर्छ। हाल खुम्बु क्षेत्रको विभिन्न ६ स्थानमा कार्ड प्रयोगका लागि चेक प्वाइन्टहरू खडा गरिएका छन्। पर्यटकले बिहान निस्कने बेलामा आफू नजिकैको चेक प्वाइन्ट र साँझ उनीहरू बस्ने ठाउँमा रहेको चेक प्वाइन्टमा स्क्यान गर्नुपर्छ। यसले उनीहरू कहाँ छन् भन्ने जानकारी गाउँपालिका र सम्बन्धित निकायहरूमा स्वतः पुग्छ। कार्डले उनीहरू बिहान कुन ठाउँबाट हिँडे र साँझ कुन ठाउँमा पुगे भन्ने सूचना उपलब्ध गराउँछ।

पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो। खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ‘ट्रेक कार्ड’ लागु गरेको छ।

गाउँपालिकाले ११ हजार पर्यटकलाई यो कार्ड दिएर परीक्षण गरेको थियो। खुम्बुक्षेत्र आएका पर्यटक तथा उनीहरूको समूहलाई गाउँपालिकाले कार्ड प्रयोग गर्न लगाएको थियो। कार्ड लिएकाले गाउँपालिकाको निर्देशन तथा आग्रह अनुरूप यो कार्ड प्रयोग गरेका थिए। उक्त परीक्षण सफल भएपछि गाउँपालिकाले यसलाई प्रयोगमा ल्याएको हो।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष, वार्डेन प्रमुख, गाउँपालिकाको निमित्त प्रमुख प्रशासक, गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्षहरूको सहभागितामा औपचारिक उद्घाटन गरेर लुक्लाबाट यो कार्डको प्रयोग सुरु गरिएको छ।

कार्डको प्रयोगले पर्यटकको सुरक्षा प्रत्याभूत गर्न सहयोग गर्नुका साथै उनीहरूको बसाइमा पनि सहजीकरण हुने गाउँपालिकाका अध्यक्ष शेर्पाले बताए। ‘सिजनको बेलामा खुम्बुमा कहिलेकाहीं दिनमै हजारौं पर्यटक भित्रिन्छन्’, उनले भने ‘लुक्लाबाट कति पर्यटक नाम्चे गए? कति पर्यटक फाक्दिन पुगे? कुन ठाउँको होटलमा कति पर्यटक राख्न सकिन्छ? पर्यटक धेरै भए कुन ठाउँमा रोक्न सकिन्छ भन्ने व्यवस्थापन गर्नसमेत सहयोग पुग्छ। पर्यटकलाई गुणस्तरीय सेवा दिन आवश्यक योजना बनाउन पनि यसले सहयोग गर्छ।’

पर्यटकको सुरक्षा र व्यवस्थापनबाहेक कार्डको प्रयोगले खुम्बु क्षेत्रको प्रचारप्रसार पनि हुने अध्यक्ष शेर्पाले बताए। उनले कार्ड जारी गर्ने बेलामा पर्यटकबाट लिइएको इमेल तथा सम्पर्क नम्बरमा खुम्बुक्षेत्रको बारेमा समय–समयमा जानकारी दिइरहने जनाए। उनले सुरुमा पर्यटकको सुरक्षाको पाटोलाई ध्यान दिन ट्रेक कार्डको परिकल्पना गरे पनि पछि व्यवस्थापन र प्रचारप्रसारको पक्षसमेत त्यसैमा समेटिएको पनि बताए।

गाउँपालिकाले ११ हजार पर्यटकलाई यो कार्ड दिएर परीक्षण गरेको थियो। खुम्बुक्षेत्र आएका पर्यटक तथा उनीहरूको समूहलाई गाउँपालिकाले कार्ड प्रयोग गर्न लगाएको थियो। कार्ड लिएकाले गाउँपालिकाको निर्देशन तथा आग्रह अनुरूप यो कार्ड प्रयोग गरेका थिए।

लुक्ला एयपोर्टमा झरेर सगरमाथा जाने मूल प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा यो कार्ड जारी गरिन्छ। पर्यटकले सूचना केन्द्रमा राष्ट्रिय निकुञ्ज र गाउँपालिका प्रवेशको लागि शुल्क तिर्ने क्रममा उक्त कार्ड पाउनेछन्।

कार्ड पाउनुअघि सूचना केन्द्रको कार्यालयमा पर्यटकको पासपोर्ट स्क्यान हुन्छ। पासपोर्ट स्क्यान भएसँगै उनीहरूको देशको नाम, व्यक्तिको नाम, स्थायी र अस्थायी सम्पर्क नम्बर लगायतका आधारभूत जानकारी फाराममा भर्नुपर्छ। पर्यटकले गोप्यता कायम गर्न चाहेका कतिपय सूचना स्क्यान नै नहुने प्रबन्ध सफ्टवेयरमा गरिएको छ। पर्यटकले विवरण भरेको ३ मिनेट भित्रै कार्ड जारी गर्ने गरिएको छ।

ट्रेक कार्डको लागि छुट्टै शुल्क लिने गरिएको छैन। गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत रही ‘पर्यटन सेवा शुल्क’ बापत २ हजार रूपैयाँ तिर्दै आएका छन्। पर्यटकले सोही शुल्कमै ट्रेक कार्ड पाउँछन्।

खुम्बु क्षेत्रमा घुम्न आएका कतिपय पर्यटक हराउने र उनीहरूको आवासको प्रबन्ध गर्न समेत समस्या बेहोर्नु परिरहेकाले ती अवरोधहरू न्यूनीकरण गर्न गाउँपालिकाले ट्रेक कार्डको अवधारणा ल्याएको हो। अहिले गाउँपालिकाको कार्यालयमा ३ वटा र सगरमाथा राष्ट्रिय निकुञ्जमा ३ वटा गरी जम्मा ६ वटा मेसिनले कार्ड स्क्यान गरेर पर्यटकसम्बद्ध जानकारी दिइरहेको छ।

यस्तै खुम्बु गाउँपालिका वडा ४ का अध्यक्ष लक्ष्मण अधिकारीले ट्रेक कार्डको अवधारणा खुम्बुक्षेत्रमा आएका पर्यटकका सुरक्षा र त्यहाँको पर्यटन व्यवसायलाई व्यवस्थित गर्न ल्याइएको बताए। ‘घुम्ने क्रममा पर्यटक बेपत्ता हुने, सिजनको समयमा धेरै भिडभाड हुने र बस्ने ठाउँको अभाव हुनेलगायतका गुनासो पटक–पटक आइरहेका हुन्छन्’, उनले भने, ‘तिनै गुनासो सम्बोधन गर्न यो कार्ड ल्याएका हौं।’

कार्ड पाउनुअघि सूचना केन्द्रको कार्यालयमा पर्यटकको पासपोर्ट स्क्यान हुन्छ। पासपोर्ट स्क्यान भएसँगै उनीहरूको देशको नाम, व्यक्तिको नाम, स्थायी र अस्थायी सम्पर्क नम्बर लगायतका आधारभूत जानकारी फाराममा भर्नुपर्छ।

गाउँपालिकाले कार्डको आधिकारिक पहुँच खुम्बुक्षेत्रका पर्यटक प्रहरी, जनपथ प्रहरी, नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज, गाउँपालिकाको राजस्व शाखालाई दिने गरिएको छ।

वडाध्यक्ष अधिकारीका अनुसार निकट भविष्यमै खुम्बुक्षेत्रमा सबै होटलहरूमा ट्रेक कार्ड अनिवार्य गर्ने तयारी भइरहेको बताए। ‘जति धेरै चेक प्वाइन्ट हुन्छन्, त्यति नै उनीहरू कहाँ पुगेछन् भन्ने थाहा हुन्छ। यस्तो सूचना लिनु भनेको उनीहरू सुरक्षा चिन्ता कम गर्नु हो।’

भूगोल र मौसमको अवस्था हेरी पर्यटकलाई सूचना प्रवाह गर्न यस्ता कार्डले महत्वपूर्ण सहयोग पुर्‍याउन सक्छ।

‘खुम्बुको कुनै ठाउँमा मानिस २४ घण्टा बाहिर बस्दा पनि चिसोले केही असर नगर्ने हुन सक्छ भने कुनै ठाउँमा २४ मिनेट मात्रै बाहिर बस्यो भने मानिसको मृत्यु हुन सक्छ,’ वडाअध्यक्ष अधिकारीले भने, यसले सम्भावित दुर्घटनाबाट बचाउन पनि सहयोग गर्छ।’

उनले कुनै पर्यटकले लुक्लादेखि नाम्चेसम्म २४ घण्टासम्म स्क्यान गरेन भने पनि भौगोलिक सहजता र सुविधा भएकाले पर्यटकलाई कुनै समस्या नआउला तर गोरकसेप, थुक्ला, गोक्यो र छुकुङ भन्ने ठाउँमा २४ घण्टासम्म एक चेक प्वाइन्टबाट अर्को चेक पोइन्टसम्म कार्ड स्क्यान गरेन भने पर्यटक खतरामा छन् भनेर बुझिने बताए। यस्तो समयमा पर्यटकको तत्काल खोजी गरी सम्भावित दुर्घटनाबाट बचाउन सकिन्छ।

ट्रेक कार्डले पर्यटकको रियल टाइमको अनुगमन गर्दैन्। व्यक्तिगत गोपनीयतालाई सम्मान गर्दै बिहान निस्किएको र बेलुका पुगेको ठाउँको मात्र जानकारी उपलब्ध गराउँछ। जहाँ स्क्यान हुन्छ त्यही ठाउँमा छन् भन्ने जानकारी मात्र दिन्छ। दिनभरि उनीहरूले गरेका गतिविधिको अनुगमन गर्दैन।

‘खुम्बुको कुनै ठाउँमा मानिस २४ घण्टा बाहिर बस्दा पनि चिसोले केही असर नगर्ने हुन सक्छ भने कुनै ठाउँमा २४ मिनेट मात्रै बाहिर बस्यो भने मानिसको मृत्यु हुन सक्छ,’ वडाअध्यक्ष अधिकारीले भने, यसले सम्भावित दुर्घटनाबाट बचाउन पनि सहयोग गर्छ।’

गाउँपालिकाले यो कार्ड विदेशी पर्यटकका लागि मात्र प्रयोग गरिरहेको भए पनि निकट भविष्यमा नेपाली पर्यटकका लागि पनि उपयोग गर्ने तयार गरिरहेको पनि वडाध्यक्ष अधिकारीले बताए।

प्रकाशित: ३ श्रावण २०८० ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App