२७ पुस २०८१ शनिबार
image/svg+xml

साहित्यकार तथा रेडियोकर्मी यज्ञनिधिको निधन

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको अाज (शुक्रवार) साँझ निधन भएको छ। लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए।

मनुलाई पहलमान साहित्य पुरस्कार

पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान गरिएको छ।

हिमवत् खण्डका कला साहित्यको चर्चा

राजधानीमा शुक्रबारदेखि सुरु भएको हिमवत् खण्ड कला साहित्य सम्मिलनमा दोस्रो दिन कला साहित्यका विविध पक्षमाथि छलफल भएको छ।

संस्कृत साहित्य पाप र पुण्यको कुथुरो कि विज्ञानको स्रोत ?

भाषाले विभिन्न प्रकारको सूचना आदानप्रदानका लागि सामाजिक वस्तुको सन्दर्भ लिएको हुन्छ । भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदानप्रदान सतही हुन जान्छ।

बुढानिलकण्ठमा तामाङ साहित्य गोष्ठी

तामाङ भाषा र साहित्यमा क्रियाशील संस्था तामाङ डाजाङको तामाङ साहित्यिक गोष्ठी तथा ग्योइकाइ गेताङ बुढानिलकण्ठमा गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका – १ स्थित जय भद्रकाली आधारभूत विद्यालयमा शनिवार कार्यक्रम भएको हो।

साहित्यमा मिथक

‘प्रत्येक व्यक्ति मिथकमा बाँचेको हुन्छ । यो थाहा पाएपछि भने अधिकांशलाई विचलित बनाउनेछ, किनभने पारम्परिक किसिमले मिथकको अर्थ हुन्छ, असत्य । कोही पनि असत्यमा जिउन चाहँदैन । हरेकले यो मानेको हुन्छ, म सत्यमै बाँचिरहेछु ।मूलभूत रूपमा मिथक एक सांस्कृतिक रचना हो, विश्वको एक साझा बुझाइ हो, जसले व्यक्तिहरू र समुदायहरूलाई आपसमा जोड्छ । यो समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ।

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

समालोचक तथा कवि नेत्र एटम (नेत्रमणि सुवेदी) पेसाले त्रिभुवन विश्वविद्यालयमा  प्राध्यापन  गर्छन्।  साहित्यको समालोचना गर्दै  आएका  एटमसँग नेपाली साहित्यमा  कविताको  उपस्थिति र समालोचनाका नयाँ आयाम अनि साहित्यको विकृतिका विविध पाटोमा आधारित रहेर  शुक्रवारकर्मी प्रजु पन्तले गरेको  कुराकानी

लाङटाङको प्रचारलाई साहित्य

पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ ।पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

लाङटाङको प्रचारका लागि 'साहित्यिक पदयात्रा'

पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ। पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने

यस वर्षको नोबेल साहित्य पुरस्कार नदिइने भएको छ ।  यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलो पटक उक्त पुरस्कार नदिइने भएको हो।

यौनलाई अश्लील भन्नु गलत हो: साहित्यकार गौतम

साहित्यकार ध्रुवचन्द्र गौतम ७४ वर्ष पुगिसके । अहिलेसम्म ५० भन्दा बढी पुस्तक लेखिसकेका गौतमका २५ वटा उपन्यास प्रकाशित छन् । उनका कथा कविता पनि प्रकाशित छन् । १० वर्षको उमेरदेखि कविता लेख्न थालेका गौतम ७४ वर्षको उमेर पुग्दा पनि लेखिरहेका छन् । हरेक दिन उनी केही न केही लेखेकै हुन्छन्, लेखाइबाट उनी अझै थाकेका छैनन् ।

साहित्य फक्रिएको दशक

पछिल्लो दशकले नेपाली साहित्यमा एक किसिमको क्रान्ति नै ल्यायो । यस अवधिमा लेखक मात्रै उदाएनन्, तीनका लेख–रचनालाई सहजै बजारसम्म ल्याइदिने निजी प्रकाशन गृह खुले।

घुम्ती साहित्य महोत्सव

पुस्तक प्रकाशक संस्था फाइनप्रिन्टले देशका विभिन्न ठाउँमा एकदिने ‘घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ। महोत्सव पहिलो चरणमा सुर्खेतमा वैशाख १५, धनगढीमा वैशाख १७ र कोहलपुरमा वैशाख १८ गते कार्यक्रम हुँदैछ।

साहित्यकार प्रधानको निधन

साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो।  प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता थिए। उनका तिनै भाषामा गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्