भाषाले विभिन्न प्रकारको सूचना आदानप्रदानका लागि सामाजिक वस्तुको सन्दर्भ लिएको हुन्छ । भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदानप्रदान सतही हुन जान्छ।
व्यक्ति नाम र भौगोलिक नाम सांस्कृतिक पृष्ठभूमिसँग जोडिएका हुन्छन् । जस्तै काठमाडौँको “भगवान पाउँ” साक्षात भगवानको खुट्टा होइन तर सांस्कृतिक पहिचान बोकेको स्थाननाम हो।
नेपालको हकमा ११ प्रतिशत जनता अङ्ग्रेजीमा र ८९ प्रतिशत जनता नेपाली वा नेपालका अन्य राष्ट्रभाषामा कारोबार गर्न सक्षम छन् भनेर नेपाल सरकार सार्वजनिक गर्छ अनि विकास बजेटको ९७ प्रतिशत खर्च हुने सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको वेबसाइटमा भने सरकारी कामकाजको नेपाली भाषाको ‘न’ पनि छैन ।