२७ पुस २०८१ शनिबार
image/svg+xml

इटहरीका अग्रज साहित्यकार लुगुनको निधन

जीवनमा कहिल्यै पनि विद्यालयको मुख नदेखेका स्वःअध्ययनबाटै जीवनमा पर्याप्त ज्ञान हासिल गरेका सुनसरीको इटहरीका अग्रज साहित्यकार जीबी लुगुनको मंगलबार निधन भएको छ।

साहित्यकार इन्द्रबहादुर राईको निधन

नेपाली भाषाका प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ। राईको दार्जिलिङको लोचनगरस्थित निवासमा मंगलबार साँझ साढे ६ बजे निधन भएको दार्जिलिङका कवि मोहन ठकुरीले बताएका छन्।

सिरिया र साहित्य

कवि राबतले फेसबुकमा यस्तो कविता पोस्ट गर्दैगर्दा सिरियाको गुटामा अबोध बालबालिकामाथि बम बर्संदै थियो । तिनका क्षतविक्षत शवले संसारभरका मानवतावादीलाई उद्वेलित बनाइरहेको थियो दमास्कसनजिकै कैद ती दृश्यले कविहरूको हृदय छियाछिया भयो । आख्यानकारको आत्मा रोयो र लेखकका आँखा रसाए । घाइते बालबालिकाको मुहार हेर्दै बा–आमाले तिनमा आफ्ना छोराछोरीको छाया देखे।

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

लिम्बु साहित्यमा दश सिद्धान्तपरक पुस्तक थपिएका छन्। समस्या पूर्ती गर्ने भन्दै एक याक्थुङ प्रतिष्ठान नेपालले विभिन्न विषयका दश ओटा विधागत पुस्तक प्रकाशन गरेको हो। किरात लिपिमा लेखिएका लिम्बु भाषाका ती पुस्तकको बुधबार अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा विमोचन गरिएको छ।

खोटाङमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

२५औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौंको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बालसाहित्य सम्मेलन गर्ने टुंगो गरिएको हो । बालसाहित्यमा लोकसाहित्यको प्रभाव, अभिभावक र बालसाहित्य, बालसाहित्यमा बालअधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तत्र्रिmया एवं बालपुस्तकको प्रदर्शनी गरिने समाजले जनाएको छ ।

सुनकोशी कला–साहित्य यात्रा सम्पन्न

कवि धरणीधर कोइरालाको १ सय २६ औं जन्मजयन्तीमा आयोजना गरिएको ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’को समापन भएको छ । धरणीधर स्मृति पुस्तकालयले आयोजना गरेको पाँच दिने सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएसँगै कलायात्रा समापन भएको हो ।

स्रष्टा भए साहित्यदूत

विश्व नेपाली साहित्य महासंघले नेपाली साहित्यका प्रभावशाली व्यक्तित्वहरूलाई साहित्य दूत सम्मान २०१८ घोषणा गरेको छ । नेपाली साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय विभिन्न देशका उत्कृष्ट ८ साहित्यकारलाई साहित्यदूत घोषणा गरिएको हो ।

साहित्यकार ब्राजाकीको निधन

साहित्यकार मनु ब्राजाकीको निधन भएको छ ।  ब्राजाकीको शुक्रवार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए ।

साहित्य र कला एकै थलोमा

नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिका तथा कला प्रदर्शनीको एकै थलोमा प्रदर्शनी गरिरहेकोे छ । २ सय ९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा गरिएको प्रदर्शनीको प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले संयुक्त रूपमा शुभारम्भ गरेका थिए।

साहित्यमा सीमान्तीकृत

नेपाली साहित्यमा मात्र होइन, समग्र नेपाली वाङ्मयमै ‘सीमान्तीकृत’ शब्दको प्रयोग हुन थालेको धेरै भएको छैन । ०४६ सालपछि नै यस शब्दको प्रयोगमा व्यापकता आउन थालेको हो । नेपाली वाङ्मयका सबै क्षेत्रमा आज यस शब्दको व्यापक प्रयोग गरिएको पाइन्छ । यस शब्दको खास अर्थ छ र यसका आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक सन्दर्भ रहेका छन् । एक खास अर्थसहित पश्चिमी साहित्य र ज्ञान अनुशासनमा पनि यस शब्दको प्रयोग हुन थालेको धेरै भएको छैन । उत्पीडित, विभेदको सिकार भएका र पछि पारिएकालाई जनाउन यस शब्दको प्रयोग गरिन्छ । यसभित्र नारी, आदिवासी जनजाति एवं वर्गीय रूपमा उत्पीडित समुदाय पर्छन् । आदिवासी जनजाति एवं नारीका सन्दर्भमा यसको बढी प्रयोग गरिन्छ । नेपाली सन्दर्भमा आउँदा दलित र मधेसी पनि यसमा जोडिन्छन् । एकातिर नेपाली समाजमा सदियौँदेखि वर्गीय विभेद र उत्पीडन छ भने अर्कातिर जातीय एवं लैंगिक विभेद र उत्पीडन पनि रहँदै आएको छ । जातीय एवं लैंगिक उत्पीडन मूलतः सामाजिक–सांस्कृतिक पक्षसँग जोडिएको छ । वर्गीय उत्पीडन मूलतः आर्थिक पक्षसँग सम्बन्धित रहेको छ । वर्गीय एवं सामाजिक–सांस्कृतिक विभेद र उत्पीडनलाई एक–अर्काबाट अलग गरेर हेर्न सकिन्न र हेर्न पनि हुन्न ।

साहित्यकार प्रेमा शाहको निधन

साहित्यकार प्रेमा शाहको उपचारको क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित ईन्टर माउन्टेन अस्पतालमा निधन भएको छ । लामे सयमदेखि अमेरिकामा बसेर उपचार गराइरहेकी साहित्सकार शाहको निधन बिहीबार भएका उनको पारिवरिक स्रोतले जनाएको छ ।

साहित्यकार पहारीको निधन

वगनाशकाली-२ पोखराथोकका साहित्यकार कृष्ण पहारीको निधन भएको छ । ब्रेन ट्युमर रोगका कारण पहारीको शुक्रबार राति ११ः५० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

साहित्यकार जगदीशशम्शेर जबराको निधन

नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो । काठमाडौँको बबरमहलमा जन्मिएका साहित्यकार जबराले गोरखा परिषदबाट राजनीतिक यात्रा सुरू गरेका थिए । विसं २०१५ को आमनिर्वाचनमा उनले अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थियो ।

'साहित्यको अन्तर्राष्ट्रिय स्तरबारे लेख्न आवश्यक छ'

समालोचक राम लोहनी त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान विषयका अध्यापकका रूपमा कार्यरत छन् । समसामयिक विषयवस्तुमा सटीक टिप्पणी गर्ने लोहनी पुस्तक अध्ययनलाई प्राथमिकतामा राख्छन् । उनी पढ्नुलाई आफ्नो पेसा, धर्म र बाध्यता पनि हो भन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्