२८ पुस २०८१ आइतबार
image/svg+xml

नोबेल साहित्य पुरस्कार इसिगुरोलाई

जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले बिहीबार जनाएको छ। पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ।

तीन साहित्यकारलाई पद्मश्री सम्मान

लामोसमयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै  ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो ।

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५६ औं सम्मेलन भक्तपुरको कमलविनायकमा सम्पन्न गरेको छ । वाङमय सताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरे ।

तीन साहित्यकार बेलायतमा सम्मानित

नेपाली साहित्यमा योगदान पुऱ्याउने तीन जना स्रष्टालाई बेलायतमा सम्मान गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतले एउटा साहित्यिक कार्यक्रमबीच उपन्यासकार अमर न्यौपाने, कवि गोविन्दराज विनोदी एवं गजलकार रवि प्राञ्जललाई सम्मान गरेको हो।

कथाबाट सुरु भएको नेवार साहित्य

भूगोल कुनै पनि मुलुकको अस्थिपञ्जर हो भने, जनता प्राण । मुलुकको अस्थिपञ्जर र प्राणलाई जोडेर जीवन्त बनाउँछन्– भाषा, साहित्य, संस्कृति र परम्परालगायतले ।

पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियामा सम्पन्न

अन्तर्राष्ट्रियनेपाली साहित्य समाज (अनेसास)को पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चिम अस्ट्रेलियाको पर्थमा नेपालका बरिष्ठ साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यही सेप्टेम्बर ९ देखि १० सम्म उत्तरी पर्थ को द म्याकेडेनीएन कम्युनीटि सेन्टरमा आयोजना भएको दुई दिने सम्मेलन अनेसास, पर्थकोआयोजनामा सम्पन्न भएको थियो।

अथक साहित्य–साधक

बाल्यकालमा रहरले साहित्यमा लागे पनि केही समयपछि भने उत्प्रेरणा मिलेको साहित्यकार जोशी बताउँछन् । ‘जताततै विकृति देखेपछि साहित्यमा लागिरहन प्रेरणा मिल्यो,’ उनी भन्छन्, ‘समाजमा जे देखे, त्यही लेखेँ ।’

साहित्य र राजनीति

यसरी हेर्दा कला, साहित्य राजनीति निरपेक्ष हुनुपर्छ भन्ने चिन्तन मूलतः त्यही तेस्रो न्युट्रोन तŒव अर्थात् कला कलाका लागि भन्ने कलावादी चिन्तन देखिन्छ, जब यो समाज निरपेक्ष न्युट्रोन तŒवका अतिरिक्त क्रिया र प्रतिक्रियामध्ये आस्थाबद्ध कुनै धारले राजनीति निरपेक्षताको कुरा गर्छ, त्यसमा झन् ठूलो यथास्थितिवादी, एकांगी चिन्तन लुकेको देखिन्छ।

साहित्यकार ढकालको निधन

चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आइतबार बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई यहाँ निधन भएको छ।

प्रेस्क्रिप्सन साहित्य

विश्वमै अन्य पेसाकर्मीले जस्तै चिकित्सकले पनि साहित्यमा कलम चलाएका छन् । कतिपय साहित्यकार निकै प्रसिद्ध पनि छन् । अर्थात् तिनीहरूलाई चिकित्सक कम साहित्यकार बढी भन्दामा फरक पर्दैन । एन्टोन चेखोभ, रोबिन कुक, जोन किट्स, आर्थर कोनान डोएल, एजे क्रोनिन, समरसेट मम, मिखाइल बुल्गाकोभ, विलियम कार्लोस विलियम्स, माइकल क्रिक्टन, फ्रान्ज स्लटर, दीपक चोपडा यस्तै केही उदाहरण हुन् । कतिपयले स्टेथोस्कोप भिर्न छाडे र साहित्यमै रमाए ।

साहित्यमा सत्ता र सिन्डिकेट

हामी नयाँ लेखेर लेखक हुन डराउँछौँ, तर चोरेर लेखक बन्नुलाई बहादुरी ठान्छौँ। संसारका शासकहरू उज्यालोसँग डराउँछन्, हामी नयाँसँग डराउँछौँ। आफूलाई बिरालो ठान्ने हाम्रो साहित्यको ‘सत्ता र सिन्डिकेट' नयाँलाई मुसो ठान्छ तर त्यही मुसोसँग डराउँछ। बिरालो डरायो भने मुसाले पनि लखेट्छ। नेपाली साहित्यका बिरालालाई मुसा फोबिया भएको छ।

‘रक्सीको सर्वोत्तम विकल्प साहित्य हो'

सबै प्रकारका मान्छेले रक्सी खान्छन्। अरूभन्दा लेखक रक्सी खाएर बदनाम बढी हुनु उसको ‘एक्जिभिसननिस्ट' प्रवृत्तिले गर्दा हो। खानुपिउनुको सम्बन्ध भोकप्याससित हुन्छ, समयसित हुँदैन। मेरा लागि रक्सीको सर्वोत्तम विकल्प साहित्य हो! रक्सी छोड्नुपर्‍यो, साहित्य छोड्नुपर्ला भनेर म पीडित छु।

नेपाली उर्दू साहित्यमा 'देशप्रेम’

जब रात ढल्यो, तब पलेटी कसेर बसेका 'सायर–नायक' अब्दुल लतीफ शौक जुरुक्क उठे। उनैलाई पर्खेर बसेका अनिँदा अनुहार अगाडि थिए।

सार्क साहित्यमा नेपाली अनुहार

अभिको विद्वत्ता, सिर्जनशीलता, प्रतिष्ठा र वयका हिसाबले अजीतबाट भएको त्यो चयन गज्जबको थियो भन्न कजुस्याइँ गर्नुपर्दैन । अब श्रीमती अजीतले विश्वासका साथ दिएको जिम्मेवारी सुवेदीले कति निष्पक्षता र इमानदारीका साथ पूरा गर्दै आउनुभयो त्यो भने कि त अजीतले कि भने उहाँ स्वयंले मूल्यांकन गर्ने विषय हो ।

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्